Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

पुष्प बिष्टलाई समर्पित शुभचिन्तकको त्यो खुल्ला पत्र

पुष्प बिष्टलाई समर्पित शुभचिन्तकको त्यो खुल्ला पत्र

प्रिय पुष्प बिष्ट ज्यु नमस्कार !

म तपाईं बाट प्रभावित व्यक्ति भएका ले तपाई लाई समर्पित केहि कुरा लेख्दै छु ।नेपाली कांग्रेस अछामको ७ अौं अधिवेशनमा तपाईं लाई विश्वास गरि आएको त्यो जनमत साच्चिकै निकै लोकप्रिय छ। यो जनमत लाई तपाईंले उच्च कदर गर्नु नै पर्ने छ । किनकि यो मतको पछाडिको प्रष्ट सन्देश छ तपाईं कुनै विरासत र नेताको आशिर्वाद नभएपनि तमाम कांग्रेसी कार्यकर्ता र मतदाताले तपाईं लाई विश्वास गरेर अनुमोदन गरेका छन ।

गणितीय हिसाबले तपाईं ले अछाम कांग्रेसको सचिव हुन बाट पछाडि परे पनि एउटा अछामको दुर दराजको बस्ती रामारोशनको एक गरिब घर परिवार बाट जुन यो उमेरमा तपाईंले कांग्रेस जस्तो पुजीवादी पाटीको सचिव लड्ने आट गर्नु भयो यहीँ नै तपाईंको जित हो । नेपाली कांग्रेस पार्टि मा तपाईंको उम्मेदवारीले केबल कांग्रेस पाटी भित्र मात्र होइन अन्य पाटीका युवालाई पनि नेतृत्वमा जान जबर्जस्त प्रेरणा र उर्जा मिलेको छ । पैसा ,शक्ति पावर र राजनीतिमा विरासत बोकेका मान्छे हरु संग तपाईं ले छोटो विद्यार्थी राजनिती अनुभवका आधारमा प्रतिस्पर्धा गर्ने आट राख्नु भयो यसको पनि म खुलेर प्रशंसा गर्छु।

यतिमात्र होइन तपाईं मेरो नजरमा एक प्रिथक क्षमता भएको युवा समाजसेवी सरल अनि अछामको मात्र होइन सिङ्गो देशको आशा लाग्दो व्यक्तिको रुपमा हेरेको छु । म भौतिक रुपले टाढा भएपनि नेपाली कांग्रेस अछामको अधिवेशन नजिक बाट निहालेको थिए र तपाईं जस्तो मान्छे आउनुपर्छ भन्ने सुविक्षन पनि राखेको थिए । धेरैले अस्वभाविक ठानेका र तपाईंका समकालीन साथीहरूले नपचाएको तपाईंको उम्मेदवारी लाई कांग्रेस कार्यकर्ताले भने हृदय देखि पचाएका छन ।

कांग्रेस जस्तो पाटीमा यस्तो शक्तिका बिच पनि ४२५ मत प्राप्त गर्नु पनि सफलता हो।त्यसैले तपाईं यो परिमाण बाट कत्ति पनि विचलित हुन पर्ने नै छैन तर दुखका साथ भन्नुपर्छ तपाईं जस्तो मान्छेको लाई नेताहरूले पहिचान नगर्नु पाटी समाज र उहाँ हरु का लागि पनि दुर्भाग्यपूर्ण छ। तपाईं का बारेमा लेख्ने थुप्रै शब्द भएपनि अहिले यति नै लेख्छु।

अन्तमा तपाईंका संग पाटी भित्र र बाहिर थुप्रै युवाहरुले आशा र भरोसा गरेका छन । अझ सशक्त र निडर भएर लाग्नु होला आगामी राजनीति यात्राको शुभकामना व्यक्त गर्दछु यसका साथै आगामी आउने स्थानिय निर्बाचनमा रामारोशन गाउपालिको अध्यक्ष भएको हेर्न पाउ।

 उहीँ तपाईंको शुभचिन्तक

 रत्नकमल बिष्ट

कालिकोट हाल काठमाडौं

लेकक कलाकर तथा सामाजिक व्यक्तितब हुन ।

प्रतिक्रिया