Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ३० असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

पुष्प बिष्टलाई समर्पित शुभचिन्तकको त्यो खुल्ला पत्र

पुष्प बिष्टलाई समर्पित शुभचिन्तकको त्यो खुल्ला पत्र

प्रिय पुष्प बिष्ट ज्यु नमस्कार !

म तपाईं बाट प्रभावित व्यक्ति भएका ले तपाई लाई समर्पित केहि कुरा लेख्दै छु ।नेपाली कांग्रेस अछामको ७ अौं अधिवेशनमा तपाईं लाई विश्वास गरि आएको त्यो जनमत साच्चिकै निकै लोकप्रिय छ। यो जनमत लाई तपाईंले उच्च कदर गर्नु नै पर्ने छ । किनकि यो मतको पछाडिको प्रष्ट सन्देश छ तपाईं कुनै विरासत र नेताको आशिर्वाद नभएपनि तमाम कांग्रेसी कार्यकर्ता र मतदाताले तपाईं लाई विश्वास गरेर अनुमोदन गरेका छन ।

गणितीय हिसाबले तपाईं ले अछाम कांग्रेसको सचिव हुन बाट पछाडि परे पनि एउटा अछामको दुर दराजको बस्ती रामारोशनको एक गरिब घर परिवार बाट जुन यो उमेरमा तपाईंले कांग्रेस जस्तो पुजीवादी पाटीको सचिव लड्ने आट गर्नु भयो यहीँ नै तपाईंको जित हो । नेपाली कांग्रेस पार्टि मा तपाईंको उम्मेदवारीले केबल कांग्रेस पाटी भित्र मात्र होइन अन्य पाटीका युवालाई पनि नेतृत्वमा जान जबर्जस्त प्रेरणा र उर्जा मिलेको छ । पैसा ,शक्ति पावर र राजनीतिमा विरासत बोकेका मान्छे हरु संग तपाईं ले छोटो विद्यार्थी राजनिती अनुभवका आधारमा प्रतिस्पर्धा गर्ने आट राख्नु भयो यसको पनि म खुलेर प्रशंसा गर्छु।

यतिमात्र होइन तपाईं मेरो नजरमा एक प्रिथक क्षमता भएको युवा समाजसेवी सरल अनि अछामको मात्र होइन सिङ्गो देशको आशा लाग्दो व्यक्तिको रुपमा हेरेको छु । म भौतिक रुपले टाढा भएपनि नेपाली कांग्रेस अछामको अधिवेशन नजिक बाट निहालेको थिए र तपाईं जस्तो मान्छे आउनुपर्छ भन्ने सुविक्षन पनि राखेको थिए । धेरैले अस्वभाविक ठानेका र तपाईंका समकालीन साथीहरूले नपचाएको तपाईंको उम्मेदवारी लाई कांग्रेस कार्यकर्ताले भने हृदय देखि पचाएका छन ।

कांग्रेस जस्तो पाटीमा यस्तो शक्तिका बिच पनि ४२५ मत प्राप्त गर्नु पनि सफलता हो।त्यसैले तपाईं यो परिमाण बाट कत्ति पनि विचलित हुन पर्ने नै छैन तर दुखका साथ भन्नुपर्छ तपाईं जस्तो मान्छेको लाई नेताहरूले पहिचान नगर्नु पाटी समाज र उहाँ हरु का लागि पनि दुर्भाग्यपूर्ण छ। तपाईं का बारेमा लेख्ने थुप्रै शब्द भएपनि अहिले यति नै लेख्छु।

अन्तमा तपाईंका संग पाटी भित्र र बाहिर थुप्रै युवाहरुले आशा र भरोसा गरेका छन । अझ सशक्त र निडर भएर लाग्नु होला आगामी राजनीति यात्राको शुभकामना व्यक्त गर्दछु यसका साथै आगामी आउने स्थानिय निर्बाचनमा रामारोशन गाउपालिको अध्यक्ष भएको हेर्न पाउ।

 उहीँ तपाईंको शुभचिन्तक

 रत्नकमल बिष्ट

कालिकोट हाल काठमाडौं

लेकक कलाकर तथा सामाजिक व्यक्तितब हुन ।

प्रतिक्रिया