Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

आर्थिक सहयोगको अपेक्षामा अछामका दीर्घराज

आर्थिक सहयोगको अपेक्षामा अछामका दीर्घराज

अछाम – लामो समयदेखि एच. एल. एच. H.L.H (लाखमा एक जनालाई हुने) रोगसँग जुध्दै आएका साँफेबगर नगरपालिका वडा नं १० का दीर्घराज भाट यतिबेला काठमाडौँको नयाँबानेश्वर स्थिति सिभिल अस्पतालमा उपचाररत छन् ।

अस्पतालको ३०१ नम्बर बेडमा उपचार गराइरहेका ४२ वर्षीय भाटलाई अस्पतालका डाक्टर विशेष पौडेलले निको पारिछाड्ने प्रतिबद्धता जनाए पनि आर्थिक संकटमा उनको उपचार सम्भव देखिएको छैन । डाक्टरको आश्वासनले बाँचिने आस गरेका भाटका अगाडि आर्थिक सङ्कलन गर्नुपर्ने बाध्यात्मक अवस्था छ ।

धेरै ज्वरो आएपछि गत जेठमा उपचारका लागि धनगढीको एक अस्पताल पुगेका उनमा डाक्टरले जण्डिस बिग्रिएको भनेर जानकारी गराएका थिए । धनगढीमा उपचार सफल हुन नसकेपछि काठमाडौँ आउनु अगाडि नेपालगञ्ज अस्पतालले क्यान्सरको आशंका गरेपनि क्यान्सर हो या होइन भन्ने पुष्टि गरेको छैन । उनी उपचार पाउने आसमा सहयोगी मनहरूसँग आर्थिक सहायताको अपेक्षा गरिरहेका छन् ।

यतिबेला भाटको फियोको साइज पनि केही बढेको र सेता रक्तकोषको संख्या पनि कम रहेको डाक्टरले बताएका छन् । साथै उनको शरिरमा रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर रहेको बताइएको छ । भाटलाई नियमित रुपमा  रगत आवश्यक हुने हुँदा सम्भव हुने जो कोही O+ रक्त दान गरेर पनि उनलाई ठुलो सहयोग गर्न सकिने छ ।

उपचारमा यति नै खर्च लाग्छ भनेर यकिन नभएको उनको हेरबिचारमा तल्लीन रहेकी उनकी श्रीमतीले बताइन् । देउडा गायनमा रुचि राख्ने भाटले २०५२ सालमा एउटा देउडाको गिति एल्बम समेत बजारमा ल्याएका थिए ।भाटलाई सहयोग गर्न चाहने सहयोगी मनहरूले ग्लोबल आईएमई बैंकमा रहेको दीर्घराज भाटको व्यक्तिगत खाता नं. J९०७०१००००७५९  (J907010000759) मा आर्थिक सहयोग गर्न सक्नुहुनेछ । थप जानकारी र सम्पर्कका लागि बिष्णु भट्ट ९८४१०३४७६५ सम्पर्क गर्न सक्नु हुनेछ । दियालोपोष्ट

 

प्रतिक्रिया