Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

डा. ज्ञवाली भन्छन् : अब लास उठाएर सकिँदैन, देशभर कर्फ्यु लगाऊँ

डा. ज्ञवाली भन्छन् : अब लास उठाएर सकिँदैन, देशभर कर्फ्यु लगाऊँ

साउन १७, २०७७ काठमाडौं : गत माघमा पहिलो संक्रमित भेटिएको नेपालमा शनिबार २० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ३१५ जना नयाँ संक्रमित भेटिएसँगै देशभर कोरोनाका बिरामीको आँकडाले २० हजार पार गरेको हो। यस्तोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पटक पटक नागरिकलाई खबरदारी गरिरहेको छ।

सरकारले साउन ७ गते लकडाउन खुला गरेसँगै देश कोरोनाको गम्भीर संकटतर्फ धकेलिइरहेको छ। पछिल्लो दुई सातायता भेटिएका संक्रमितहरुमा गम्भीर खालका लक्षण देखिएका छन् भने आइसियु र भेन्टिलेटरमै राख्‍नु परिरहेको छ। यस्तो अवस्थामा धमाधम संक्रमितहरुको ज्यान पनि जान थालेको छ। संकट चुलिँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानी भित्रिने नाका बन्द, सवारीसाधनमा पुन: जोरबिजोर र कडा खालको दोस्रो लकडाउन गर्नुपर्ने जरुरी रहेको बताइसकेको छ।

स्वास्थ्यकै सिफारिस अनुसार अहिले राजधानी छिर्ने नाकामा कडाइ गरिएको छ भने जोरबिजोर पनि लागु गर्ने आन्तरिक तयारीमा सरकार जुटेको छ। कर्फ्यु लगाऊँ कोरोना संकट गम्भीर मोडतर्फ गइरहेका बेला एकजना वरिष्ठ चिकित्सकले अब लकडाउनले मात्रै स्थिति सम्हाल्न नसकिने निचोड निकालेका छन्।  भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा. प्रेम ज्ञवालीले देशलाई कोरोना संकटबाट जोगाउने हो भने अब लकडाउन मात्रै नभएर कर्फ्यु नै लगाउनुपर्नेमा जोड दिएका छन्।  'अब ७७ वटै जिल्लामा २१ दिनलाई कर्फ्यु लगाऊँ, सिमाना पूरै बन्द गर सरकार', उनले भने, 'अन्यथा लाश उठाएर सकिने सम्भावना रहने छैन।' उनले देश नै संकटमा परेको अवस्थामा नागरिकको मानवअधिकार भनेर बस्‍न नसकिने तर्क गरेका छन्। 'यस्तो अवस्थामा ब्यक्ति विशेष र मानव अधिकार भन्‍ने कुरा रहँदैन', उनले भनेका छन्, 'नेपालीलाई लकडाउनले काम गर्दैन।'
 

प्रतिक्रिया