Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

डा. ज्ञवाली भन्छन् : अब लास उठाएर सकिँदैन, देशभर कर्फ्यु लगाऊँ

डा. ज्ञवाली भन्छन् : अब लास उठाएर सकिँदैन, देशभर कर्फ्यु लगाऊँ

साउन १७, २०७७ काठमाडौं : गत माघमा पहिलो संक्रमित भेटिएको नेपालमा शनिबार २० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ३१५ जना नयाँ संक्रमित भेटिएसँगै देशभर कोरोनाका बिरामीको आँकडाले २० हजार पार गरेको हो। यस्तोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पटक पटक नागरिकलाई खबरदारी गरिरहेको छ।

सरकारले साउन ७ गते लकडाउन खुला गरेसँगै देश कोरोनाको गम्भीर संकटतर्फ धकेलिइरहेको छ। पछिल्लो दुई सातायता भेटिएका संक्रमितहरुमा गम्भीर खालका लक्षण देखिएका छन् भने आइसियु र भेन्टिलेटरमै राख्‍नु परिरहेको छ। यस्तो अवस्थामा धमाधम संक्रमितहरुको ज्यान पनि जान थालेको छ। संकट चुलिँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानी भित्रिने नाका बन्द, सवारीसाधनमा पुन: जोरबिजोर र कडा खालको दोस्रो लकडाउन गर्नुपर्ने जरुरी रहेको बताइसकेको छ।

स्वास्थ्यकै सिफारिस अनुसार अहिले राजधानी छिर्ने नाकामा कडाइ गरिएको छ भने जोरबिजोर पनि लागु गर्ने आन्तरिक तयारीमा सरकार जुटेको छ। कर्फ्यु लगाऊँ कोरोना संकट गम्भीर मोडतर्फ गइरहेका बेला एकजना वरिष्ठ चिकित्सकले अब लकडाउनले मात्रै स्थिति सम्हाल्न नसकिने निचोड निकालेका छन्।  भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा. प्रेम ज्ञवालीले देशलाई कोरोना संकटबाट जोगाउने हो भने अब लकडाउन मात्रै नभएर कर्फ्यु नै लगाउनुपर्नेमा जोड दिएका छन्।  'अब ७७ वटै जिल्लामा २१ दिनलाई कर्फ्यु लगाऊँ, सिमाना पूरै बन्द गर सरकार', उनले भने, 'अन्यथा लाश उठाएर सकिने सम्भावना रहने छैन।' उनले देश नै संकटमा परेको अवस्थामा नागरिकको मानवअधिकार भनेर बस्‍न नसकिने तर्क गरेका छन्। 'यस्तो अवस्थामा ब्यक्ति विशेष र मानव अधिकार भन्‍ने कुरा रहँदैन', उनले भनेका छन्, 'नेपालीलाई लकडाउनले काम गर्दैन।'
 

प्रतिक्रिया