ताजा अपडेट
जन्मदिनमा अनेरास्ववियुका नेता कुवँर द्वारा उपचारका लागि आर्थिक सहयोग
धनगढी : अनेरास्ववियुका केन्द्रिय सदस्य युवराज कुवँरले जन्मदिनको अवसरमा सहयोग गरेका छन । आफ्नो जन्मदिनको अवसरमा कुवरले एसटिएस रोगबाट ग्रसित भएका व्यक्तिलाई सहयोग गरेका हुन ।
कुवरले एसटिएस रोगबाट ग्रसित अछाम जिल्लाको साफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोट घर भएका दिर्घराज भाटलालाई १६ हजार २०५ रुपैयाँ सहयोग गरेका हुन । उनले उक्त रुपैँया उनका भाइ धनगढीको जाइ घर भएका भरत भाटलाइ हस्तान्तरण गरेका हुन ।
आर्थिक अवस्था कमजोर भएका उनलाई उपचारमा केही सहयोग पुगोस् भनेर आर्थिक सहयोग गरिएको कुवरले बताए । लाखौंमा एक जनालाई हुने एकदमै दुर्लभ रोग एसटिएस बाट ग्रसित भएका भाटको काठमाण्डौको सिभिल हस्पिटलको ३०१ नम्बर बेडमा उपचार भईरहेको छ ।
साजसेवामा सक्रिय कुवँर समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आएका छन । धनगढी खबर
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया