ताजा अपडेट
जन्मदिनमा अनेरास्ववियुका नेता कुवँर द्वारा उपचारका लागि आर्थिक सहयोग
धनगढी : अनेरास्ववियुका केन्द्रिय सदस्य युवराज कुवँरले जन्मदिनको अवसरमा सहयोग गरेका छन । आफ्नो जन्मदिनको अवसरमा कुवरले एसटिएस रोगबाट ग्रसित भएका व्यक्तिलाई सहयोग गरेका हुन ।
कुवरले एसटिएस रोगबाट ग्रसित अछाम जिल्लाको साफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोट घर भएका दिर्घराज भाटलालाई १६ हजार २०५ रुपैयाँ सहयोग गरेका हुन । उनले उक्त रुपैँया उनका भाइ धनगढीको जाइ घर भएका भरत भाटलाइ हस्तान्तरण गरेका हुन ।
आर्थिक अवस्था कमजोर भएका उनलाई उपचारमा केही सहयोग पुगोस् भनेर आर्थिक सहयोग गरिएको कुवरले बताए । लाखौंमा एक जनालाई हुने एकदमै दुर्लभ रोग एसटिएस बाट ग्रसित भएका भाटको काठमाण्डौको सिभिल हस्पिटलको ३०१ नम्बर बेडमा उपचार भईरहेको छ ।
साजसेवामा सक्रिय कुवँर समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आएका छन । धनगढी खबर
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया