Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

पूजा शर्माको गुनासो : पत्रकारले यति अशिष्ट शब्द बोल्न मिल्छ ?

पूजा शर्माको गुनासो : पत्रकारले यति अशिष्ट शब्द बोल्न मिल्छ ?

 टेलिभिजन कार्यक्रममा एक प्रस्तोताले आफूमाथि असभ्य टिप्पणी गरेको भन्दै नायिका पूजा शर्माले आक्रोश पोखेकी छन् । फेसबुकमा स्टाटस लेख्दै उनले ‘दारा निस्केको महानायिका’ भनेर आफ्नो मानहानी गरिएको बताएकी छन् ।

चलचित्र पत्रकार प्रकाश सुवेदीले आफ्नो एक टेलिभिजन कार्यक्रममा पूजामाथि लक्षित गर्दै छुद्र टिप्पणी गरेका थिए । त्यसको भिडियो क्लिप टिकटकमा भाइरल बनेको छ । धेरैले पत्रकार सुवेदीको कटु आलोचना गरिरहेका छन् ।

राष्ट्रिय टेलिभिजनबाट सुवेदीले बोलेका शब्दहरु यस्ता थिए– ‘इन्टरभ्यू दिने पनि आफैं, बोल्ने पनि आफैं, नआउने पनि आफैंलाई, अनि हामी चैं काटिदिनुपर्ने, त्यो पनि मिलाइमिलाइ… महानायिका बनाइदिनुपर्ने… त्या पनि दारा निस्केको अनुहारलाई… कति हाँस्नु… ।’

यसरी नायिकाको अनुहारलाई लिएर मजाक गरेपछि सुवेदी आलोचनामा परेका हुन् । सुवेदीले नायिकाको नाम नलिए पनि उनको टिप्पणी पूजाप्रति लक्षित रहेको बुझ्न कठिन छैन । केही समयअघि उनले नै पूजाको एउटा अन्तरवार्ता लिएका थिए, जुन सामाजिक सञ्जालमा भाइरल भएको थियो । नेपालमा कतिवटा जिल्ला र प्रदेश छन् भन्ने प्रश्नको पूजाले सही जवाफ दिन सकेकी थिइनन् ।

पूजाको कमजोर सामान्य ज्ञानलाई लिएर सामाजिक सञ्जालमा निकै ट्रोलहरु बनेका थिए । यसमा पूजाले आफ्नो कमजोरी स्वीकार्दै माफीसमेत मागिसकेकी छन् । आफूले अन्तरवार्ताको सो अंश सम्पादन गर्न आग्रह गर्दा सुवेदीले नमानेको पूजाको भनाइ छ । उनले लेखेकी छन्, ‘अन्तरवार्तामा बोलाइयो, गएँ । सामान्य ज्ञानसँग सम्वन्धित प्रश्न सोधियो । इन्टरभ्यू चल्दाचल्दै मैले उहाँलाई मैले राम्रो गर्न सकिनँ, प्लिज यो काटिदिनुस् भनेँ । तर, मान्नुभएन ।’

उक्त घटना भर्खरै सेलाएको बेला सुवेदीले फेरि आफूलाई अन्तरवार्ताका लागि बोलाएको पूजाले बताएकी छन् । उनले लेखेकी छन्, ‘प्रकाशजीले फेरि मलाई इन्टरभ्यूमा आऊ पूजा भनेर भन्नुभो । म मानसिक तनाव झेलिरहेको थिएँ । अब फेरि पुरानो गल्ति कसरी गर्न सक्थेँ ? म त्रसित पनि थिएँ । त्यसैले मैले सरी दाई म आउन सक्दिनँ भनेँ ।’

‘तर, त्यसपछि उहाँले आफ्नो कार्यक्रममा मलाई लक्षित गरेर ‘दारा निस्केको महानायिका भनेर शारीरिक हाउभाउलाई लक्षित गरेर अत्यन्त क्षुब्ध ढंगले प्रस्तुत गरेर मेरो मानहानी गर्न कुनै कसुर छोड्नुभएन ।’

उनी अगाडि लेख्छिन्, ‘के पत्रकारले यस्तो अशिष्ट, अभद्र र अमर्यादित शब्द प्रयोग गर्न मिल्छ ? पत्रकारले गर्न सक्ला मानौं, के टेलिभिजनमा यस्ता असभ्य कुराहरु सम्पादन गर्ने कुनै निकाय छैन ? हरेक ट्रोलको शिकारदेखि यस्तो अभद्र व्यवहारप्रति हामी कलाकार सधैं मौन नै रहनुपर्ने ? अहिले आएर उहाँले मैले कसैको नाम तोकेको छैन भनेर पन्छिन मिल्छ ? यो ढंगको प्रस्तुतीकरणले के पत्रकारिताको इज्जत बढ्छ ?’ अनलाइनखबर

 

प्रतिक्रिया