Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २८ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

मेलौली बस दुर्घटना अपडेट: ६ जनाको धनगढी र १४ जनाको डडेल्धुरामा उपचार हुँदै, २५ जना डिस्चार्ज

मेलौली बस दुर्घटना अपडेट: ६ जनाको धनगढी र १४ जनाको डडेल्धुरामा उपचार हुँदै, २५ जना डिस्चार्ज

बैतडी । बैतडीको मेलौलीमा सोमबार भएको बस दुर्घटना परी घाइते भएका मध्ये ६ जनाको धनगढीमा उपचार भइरहेको छ । चालकसहित ६ जनाको धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 

यस्तै १४ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ भने २५ जना डडेल्धुरा अस्पतालबाट उपचारपछि डिस्चार्ज भइसकेका प्रहरी निरीक्षक खत्रीले बताए । बसमा चालकसहित ४६ जना सवार रहेको पुष्टि भएको उनले बताए । 

पञ्चेश्वरबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको लु २ ख २०११ नम्बरको बस सोमबार दिउँसो मेलौली–पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका ७ स्वाखानीमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर पञ्चेश्वर गाउँपालिका ६ रन्तोलीका २८ बर्षीय उमेश भण्डारीको मृत्यु भएको छ । 

दुर्घटनामा परेर ४५ जना घाइते भएका छन् । घाइते मध्ये उपचार गराइरहेका सबैको अवस्था अहिले मध्यम रहेको प्रहरीले जनाएको छ । कच्ची सडकमा बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । 

सडकबाट ५० मिटर तल खसेको बस रुखमा अड्केका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया