ताजा अपडेट
मेलौली बस दुर्घटना अपडेट: ६ जनाको धनगढी र १४ जनाको डडेल्धुरामा उपचार हुँदै, २५ जना डिस्चार्ज
बैतडी । बैतडीको मेलौलीमा सोमबार भएको बस दुर्घटना परी घाइते भएका मध्ये ६ जनाको धनगढीमा उपचार भइरहेको छ । चालकसहित ६ जनाको धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।
यस्तै १४ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ भने २५ जना डडेल्धुरा अस्पतालबाट उपचारपछि डिस्चार्ज भइसकेका प्रहरी निरीक्षक खत्रीले बताए । बसमा चालकसहित ४६ जना सवार रहेको पुष्टि भएको उनले बताए ।
पञ्चेश्वरबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको लु २ ख २०११ नम्बरको बस सोमबार दिउँसो मेलौली–पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका ७ स्वाखानीमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर पञ्चेश्वर गाउँपालिका ६ रन्तोलीका २८ बर्षीय उमेश भण्डारीको मृत्यु भएको छ ।
दुर्घटनामा परेर ४५ जना घाइते भएका छन् । घाइते मध्ये उपचार गराइरहेका सबैको अवस्था अहिले मध्यम रहेको प्रहरीले जनाएको छ । कच्ची सडकमा बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
सडकबाट ५० मिटर तल खसेको बस रुखमा अड्केका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया