Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

घरसँगै भत्कियो परिवार : हात समातेका छोरा सहित चार जनाको गयो ज्यान

घरसँगै भत्कियो परिवार : हात समातेका छोरा सहित चार जनाको गयो ज्यान

डोटी- घर ! एक दरिलो आड ! आत्मरक्षा र परिवार सुरक्षाको अत्यन्त विश्वासिलो धरोहर ! सर्वोत्तम सुरक्षा अनुभूत गराउने एक अद्भूत छहारी !
घरसंग यस्तै भरोसा हुन्छ सबैको । अन्य स्थानमा रहँदा महशुस हुने अनेकन भय–त्रासहरु पनि हराउछन् घरको ओतमूनी !
पुर्खाको पसिनाले सिञ्चित आफ्नो घरसंग यस्तै सुरक्षा अनुभूति थियो आदर्श गाउँपालिका–१ खलगडाका ३१ वर्षीय लोगे लुहारको पनि । ‘केई थिएन् । बलियै लाग्थ्यो । खै के भो के भो ?,’ उनी दुखद् अनुभूति साँट्छन्, ‘जुन घरको छहारीमा सुरक्षा महशुस हुन्थ्यो । त्यै घरले बज्रपात पर्‍यो !’
उनले भनेजस्तै त्यै विश्वासिलो घर उनको परिवारको सबैभन्दा ठुलो असुरक्षा बन्यो । श्रीमती, एक छोरा र दुई छोरीको मृत्युको कारक बन्यो । सोमबार राती त्यै घर भत्कदा उनकी २६ वर्षिया श्रीमती विष्ना लुहार, १० वर्षीय छोरा पारस, छोरीहरु पाँच वर्षीया सिरु र नौ महिनाकी कटीको मृत्यु भयो । स्वयम् लुहारका साथै ५२ वर्षिया आमा पाना, दुईवर्षिया छोरी अशु, छोरीज्वाई भेट्न आएकी ६० वर्षिया सासु झाँकरी विक र १२ वर्षीय भद्यासाला ईन्द्र बिक घाईते भए । उनीहरुको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भईरहेको छ । अवस्था सामान्य छ ।

भाग्दाभाग्दै ढल्यो घर !

सोमबार राती दुईबजे लोगे पिसाब गर्न बाहिर निस्किएका थिए । त्यसपछि भित्र पस्ने क्रममा घरबाट धुँलैधुँलो निस्कन थाल्यो । कतैबाट घर भत्कन लाग्यो भन्ने आवाज आयो । ‘सायद पल्लो घरको आमाको आवाज हुनुपर्छ,’ लोगे भन्छन् ।
घरभित्र उनका श्रीमान–श्रीमती, चारजना छोराछोरी, आमा र सोमबारै भेट्न आएका सासु र भद्यासालागरी नौजना थिए । सबैलाई व्यूँझाएर ढोकाबाहिरमात्र के पु¥याएका थिए, घर आँगनतिरै गल्र्याम्म ढल्यो ! उफ्रेर बारीमा पुग्नेजती बचे, बाँकी चारजनालाई घरको ढुङ्गा र काठले किच्यो । जगदेखी नै भत्किएको घरसंगै सम्पत्ती नष्ट भए । एकहल गोरु, गाई र दुई बाख्रा पनि मरे ।

घर कमजोर कहिल्यैँ लागेन्

भत्किएको घर लोगेका बाजे लछीले पहिलो तला हालेका हुन् । कहिले हाले ? उनी भन्न सक्दैनन् । तर ४०÷४५ वर्षअघि उनका बुवा गोरेले दुई तला थपेको उनकी आमाले सुनाएको बताउछन् । ‘बालखकै टुहुरो हुँ । पाँचवर्षकै हुँदा बुवा स्वर्गबास भएका रे !,’ लोगे भन्छन्,‘त्यसपछि त्यै घर सहारा हो । अर्को बनाउने हैसियत छैन् ।’
त्यसमा पनि घर बलियो नै लागेकाले अर्को बनाउने सोच कहिल्यै नआएको उनी बताउछन् । ‘घर बलियो नै लाग्थ्यो । आफ्नो जीवन यसैमा काटौँला सोच्थे । तर लेखी अर्कै रहेछ,’ उनी थप्छन् । उनका अनुसार घर चुहिदैनथ्यो । तीन महिनाअघि जेठमा भारतको चेन्नईबाट फर्किएर आउदा चुहिने एकठाउँ टालेपछि थप चुहिदैनथ्यो ।

समस्यामा बाँचेका जहान

घर भत्कियो ! श्रीमती र चारजना छोराछारीको मृत्यू भयो । परिवारमा बाँकी आफु, आमा र एक दुईवर्षकी छोरी मात्र बाँकी रहीन् । लोगे आफु घाईते छन् । घाईते अवस्थामै उनले मंगलबार मसानघाट पुगेर मृतक चारैजनालाई दागबत्ती दिए ।
भारतमा चौकीदारी गरेर परिवार पाल्ने उनीसंग न उपचार खर्च छ, न किरिया खर्च ! ‘चेन्नईबाट रित्तो हात फर्किएको हुँ । यहाँ यो बज्रपात पर्‍यो,’ भावविह्वल हुँदै उनले भने,‘अब के गर्ने ? कसरी गर्ने ? केही सोच्न सकिरहेको छैन् ।’

पिडितलाई कांग्रेसको राहत

नेपाली कांग्रेस डोटीले पिडित परिवारलाई २० हजार दिने घोषणा गरेको छ । कांग्रेस डोटीले घटनापछि मंगलबार बिहान शोक वक्तव्य जारी गर्दै आकस्मिक राहत कोषबाट उपचार खर्चबाफत १० हजार र किरियाखर्चबाफत १० हजार गरी २०हजार रकम उपलब्ध गराउने कांग्रेस डोटीले घोषणा गरेको हो ।
वक्तव्यमा ‘ओत लाग्ने घर नै भत्केर चारजनाको ज्यान लिनसक्नेसम्मको घटनाले हाम्रो समुदायको विपन्नताको रुप उदांगो पारेको’ उल्लेख गर्दै ‘विपन्न दलित परिवारमा परेको यो बज्रपातमा सक्दो सहयोग गर्न तीन तहकै सरकार र सम्बन्धित सबैमा ध्यानाकर्षण’ गराएको छ ।  SHIKHERSAMACHAR

प्रतिक्रिया