ताजा अपडेट
सार्वजनिक हितविरुद्धको कसुरमा दुई जना पक्राउ

कैलाली। कैलाली प्रहरीले सार्वजनिक हितविरुद्धको कसुर मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। ती दुई जना फैसला कार्यान्वयनको शिलशिलामा पक्राउ परेका हुन।
प्रहरीका अनुसार कैलाली जिल्ला अदालतको २०७३ जेठ ३ गतेको फैसला अन्तर्गत जनही ५/५ सय रुपैयाँ जरिवाना तोकिएका चुरे गाउँपालिका–६ बस्ने बर्ष २६ का गोबिन्द खत्री र सोही ठाउँका बर्ष २५ का जनक धामीलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले मंगलबार दिउसो धनगढी बजारबाट उनीहरुलाई पक्राउ गरेको थियो। दुबै जनालाई आवश्यक कारवाहीका लागि अदालतमा पेश गरिएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान
-
खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि
-
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा
-
उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा
-
अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
प्रतिक्रिया