ताजा अपडेट
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

कञ्चनपुर । कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिपोपना’ जिल्ला घोषणा गरिएको छ । ‘पूर्ण खोप सुरक्षीत भविष्य’ भन्ने मुल नाराका साथ जिल्लालाई पूर्ण खोप सुनिश्चतता र दीगोपना’ घोषणा गरिएको हो ।
जिल्ला समन्वय समिति कञ्चनपुरद्वारा आज आयोजित एक समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गराउन प्रदेश सरकार तयार रहेको बताए ।
जिल्लाका ९ वटै पालिकाका ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकाले खोप पाइसकेकोले जिल्ला नै घोषणा गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख दयाकृष्ण पन्तले बताएका छन् ।
उक्त जिल्लमा जिल्लाभरी १३९ खोपकेन्द्र मार्फत छुटफुट बालबालिका सहित नियमितलाई खोप दिईएको छ । विभिन्न १३ प्रकारका प्राण घातक २० हजार, ५८९ जना बालबालिकालाई खोप लगाईएको हो।कार्यक्रममा स्वास्थ्यकर्मीहरुलाई सम्मान एव पुरस्कार प्रदान गरिएको थियो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
यस्तो छ संघिय सरकारको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेटको पूर्णपाठ
-
संघीय बजेटमा अटाएका सुदूरपश्चिमका यी योजना
-
अछाम पुगेर पूर्व उपराष्ट्रपतिले सम्झिए मङ्गलसेन घटना- ७ दिन सर्वे, एकैचोटी आक्रमण
-
धनगढी उपमहानगरपालिका– ५ का वडाध्यक्ष शाहीले विवाह खर्च कटाएर खोले ‘एनिमल सेल्टर’
-
नेपाल सरकार पोखरा औधोगिक क्षेत्रका पूर्व जिएम खेमराज कुँवरको निधन
प्रतिक्रिया