Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २८ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

आलीतालमा पुल नहुँदा सास्ती

आलीतालमा पुल नहुँदा सास्ती

डडेलधुरा । पर्यटकीय क्षेत्र आलीताल गाउँपालिका–३, आलिताल जाने सडकमा पक्की पुल नहुँदा सर्वसाधारणले सास्ती भोग्नु परेको छ। आलिताल–८, घुम्ती बजारदेखि आलिताल–३ को झोता जोड्ने पुल नहुँदा समस्या हुने गरेको छ। 

गाउँपालिकाका उपाध्यक्ष मैनाकुमारी रावलका अनुसार पुल नहुँदा बिरामी तथा अन्य नागरिकलाई बर्खामा आउजाउ गर्न निकै सास्ती हुने गरेको छ। पुल नहुँदा दुई तीन घण्टा हिँडेर अन्यत्र पुल भएको ठाउँमा गई नदी तर्नुपर्ने बाध्यता छ। 

उपाध्यक्ष रावलले भने, “यहाँ पुलको निकै आवश्यकता छ। रङ्गुन र सुनखोलको दोभानमा रहेको यस ठाउँमा पुल निर्माण हुनु पर्छ।” उनले भने, “यहाँ पुल नहुँदा बिरामी र सुत्केरीलाई दुई तीन घण्टा हिँडेर अन्यत्र पुल भएको ठाउँमा गई नदी तर्नुपर्ने बाध्यता छ।” 

आफूहरूले पटक पटक प्रदेश र सङ्घीय सरकारसँग पुल निर्माणका लागि माग गरे पनि बेवास्ता गरिँदै आएको स्थानीय तथा संविधान सभा सदस्य हरिलाल थापामगरले बताउनुभयो। यो सडकको घुम्ती र झोता भएर दर्जनौँ बस्तीका नागरिक ओहोरदोहोर गर्न बाध्य छन्। 

पुल निर्माणका लागि स्थानीय सरकारले पटक पटक प्रदेश र सङ्घीय सरकारलाई ध्यानाकर्षण गराएको गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीले बताए। यहाँबाट बर्सेनि नदी तर्दा एक दुई जनाको ज्यान जाने गरेको उहाँले बताए ।  

प्रतिक्रिया