ताजा अपडेट
आलीतालमा पुल नहुँदा सास्ती
डडेलधुरा । पर्यटकीय क्षेत्र आलीताल गाउँपालिका–३, आलिताल जाने सडकमा पक्की पुल नहुँदा सर्वसाधारणले सास्ती भोग्नु परेको छ। आलिताल–८, घुम्ती बजारदेखि आलिताल–३ को झोता जोड्ने पुल नहुँदा समस्या हुने गरेको छ।
गाउँपालिकाका उपाध्यक्ष मैनाकुमारी रावलका अनुसार पुल नहुँदा बिरामी तथा अन्य नागरिकलाई बर्खामा आउजाउ गर्न निकै सास्ती हुने गरेको छ। पुल नहुँदा दुई तीन घण्टा हिँडेर अन्यत्र पुल भएको ठाउँमा गई नदी तर्नुपर्ने बाध्यता छ।
उपाध्यक्ष रावलले भने, “यहाँ पुलको निकै आवश्यकता छ। रङ्गुन र सुनखोलको दोभानमा रहेको यस ठाउँमा पुल निर्माण हुनु पर्छ।” उनले भने, “यहाँ पुल नहुँदा बिरामी र सुत्केरीलाई दुई तीन घण्टा हिँडेर अन्यत्र पुल भएको ठाउँमा गई नदी तर्नुपर्ने बाध्यता छ।”
आफूहरूले पटक पटक प्रदेश र सङ्घीय सरकारसँग पुल निर्माणका लागि माग गरे पनि बेवास्ता गरिँदै आएको स्थानीय तथा संविधान सभा सदस्य हरिलाल थापामगरले बताउनुभयो। यो सडकको घुम्ती र झोता भएर दर्जनौँ बस्तीका नागरिक ओहोरदोहोर गर्न बाध्य छन्।
पुल निर्माणका लागि स्थानीय सरकारले पटक पटक प्रदेश र सङ्घीय सरकारलाई ध्यानाकर्षण गराएको गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीले बताए। यहाँबाट बर्सेनि नदी तर्दा एक दुई जनाको ज्यान जाने गरेको उहाँले बताए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया