ताजा अपडेट
जन्म दिनको अवसरमा उप प्रमुखले गरिन मष्टा गुरूकुल विद्याश्रममा आर्थिक सहयोग
डोटी । डोटीको शिखर नगरपालिकाकी नगर उप प्रमुखले जन्म दिनको उपलक्ष्यमा मष्टा गुरूकुल विद्याश्रममा आर्थिक सहयोग गरिन् ।
शिखर नगरपालिका वडा नं ६ चुडीमा रहेको मष्टा गुरूकुल विद्याश्रममा आफ्नो जन्म दिनको अवसर पारेर नगरपालिकाका नगर उप प्रमुख सुनिता रावल जोराले रू ५ हजार ५ सय ५५ रूपयाँ आर्थिक सहयोग गरिएको थियोे ।
वैदिक सनातन हिन्दु धर्म रक्षार्थका लागि सञ्चालनमा भएको सो विद्याश्रममा अध्यनरत बटुकहरूको भोजनार्थ प्रयोजनमा सहज होस् भन्ने हेतुले जन्म दिनको उपलक्ष्यमा सहयोग गरिएको उप प्रमुख जोराले बताइन् ।
उनले आफ्नो जन्मोत्सवको उपलक्ष्यमा विगत लामो समय देखि जिल्लामा भएका अक्षयकोष होस वा अस्पतालका बिरामीहरूलाई सहयोग गरेर जन्म दिन मनाउँदै आएकी छन् । मष्टा गुरूकुल विद्याश्रम समाजसेवी, स्वर्गीय दुर्गा फुलाराले स्थापना गरेको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया