ताजा अपडेट
बझाङमा बाहुन बस्ती नजिक बनाएको भन्दै दलितको घर भत्काइयो
बझाङ जिल्लाको बित्थडचीर गाउँपालिका–७ स्याल ढुङ्गामा एक दलितको घर गैर दलितहरूले भत्काइदिएका छन् ।
ब्राह्मण बस्ती नजिक घर बनाएको भन्दै ३ दर्जन बढी गैर दलितहरूले घर निर्माणाधीन घर भत्काइदिएका हुन् ।
बुधबार भएको उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । स्थानीय पुट्के ओखेडाको घर कृष्ण जोशी, भवानी जोशी र कित्थे जोशीको नेतृत्वमा पुगेका ३०–४० जनाको टोलीले भत्काइदिएको पीडित पुट्केका छोरा करनले बताए ।
घटना लगत्तै जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिए पनि प्रहरीले खासै चासो नदिएको पीडित पक्षको गुनासो छ । अहिले पीडित परिवार न्यायका लागि सदरमुकाम चैनपुर पुगेको छ ।
केही व्यक्तिले सार्वजनिक जमिन भनेर भत्काएको बताएपनि उक्त जमिनको लालपुर्जा आफूसँग सुरक्षित रहेको पीडित पक्षको भनाई छ ।
यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया