Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

बैतडीको ग्वाल्लेकमा पाँच करोड लगानीमा खुल्यो बाख्रा फार्म, छ जनालाई रोजगारी

बैतडीको ग्वाल्लेकमा पाँच करोड लगानीमा खुल्यो बाख्रा फार्म, छ जनालाई रोजगारी

बैतडी । बैतडीको ग्वाल्लेकमा पाँच करोड लगानीमा सिरोही र तोतापरी जातका बाख्रा फार्म सञ्चालनमा आएको छ। फार्ममा भारतको राजस्थानबाट सिरोही जातका बाख्रा ल्याइएका छन्। 

दशरथचन्द नगरपालिका–९, ग्वाल्लेका सुरेश चन्दले उन्नत जातका बाख्रा पालनका लागि गाउँमा पाँच करोड रुपियाँ खर्च गरेर बाख्रा फार्म सञ्चालनमा ल्याएका हुन्। भारतको राजिस्थानबाट खरिद गरी ल्याइएका सिरोही जातको बाख्रा फार्ममा अहिले करिब डेढ सय बाख्रा रहेका छन्। अग्लो कद, लामा कान भएका औसत बाख्राको तौल ८० किलोदेखि ९० किलोसम्मका छन्। फार्ममा रहेको सिरोही जातको भीम नाम गरेको बोकाको तौल १८० किलो रहेको बताइएको छ। 

निर्माण व्यवसायी चन्दले बाख्रा पाल्न चार तलाको आधुनिक पक्की घर निर्माण गरेर स्थानीय खरी जातका बाख्राबाट सुरु गरेका थिए । ग्वाल्लेक एग्रो फार्म प्रालिमा गत वर्ष भारतको राजिस्थानबाट सिरोही र तोतापरी जातका बाख्रा भित्रिएका हुन्। फार्ममा अहिले ९२ वटा सिरोही जातका बाख्रा ब्याउने अवस्थामा रहेका छन्। बुधबार बाख्रा फार्ममा सिरोही जातको एक बाख्राले तीन वटा पाठा जन्माएको छ। फार्ममा ब्याडका लागि २५ वटा सिरोही जातका बोका बिक्रीका लागि तयारी अवस्थामा रहेका छन्। 

यो सँगै बाख्रा फार्ममा अहिले पुश प्राविधिकसहित छ जनाले रोजगारी पाएका छन्। पशु प्राविधिक नवीन भट्टले बाख्रा फार्ममा बाख्राको नियमित स्वास्थ्य परीक्षण हुने गरेको बताए। बर्खा याममा दुई महिनाभन्दा बढी पानी पर्ने भएकाले बाख्रालाई फार्ममै मकैको साइलेज, गहुँको भुसा, स्थानीय घाँस र पिना खुवाउने गरिएको छ। पशु प्राविधिक नवीन भट्टले स्थानीय डाले घाँस र वनमा पाइने घाँस खाएर फार्ममा हुर्किरहेका सिरोही जातका बाख्रा निकै स्वस्थ रहेको बताउनुभयो। फार्ममा सिरोही जातको बाख्रासँगै तोतापरी (सुगाको जस्तो मुखाकृति भएको बाख्रा), बोयर, स्थानीय खरी जातका गरी चार तले पक्की घरमा करिब दुई सय बाख्रा रहेका छन्। बाख्रा चराउन, गोठ सफा गर्न र डाले घाँस काट्न फार्ममा छ जना स्थानीयले रोजगारी पाएका छन्। 

प्रतिक्रिया