Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

महिला र बालबालिका हराउने क्रम रोकिएन, बैतडीमा एकबर्षमै ७२ महिला हराए

महिला र बालबालिका हराउने क्रम रोकिएन, बैतडीमा एकबर्षमै ७२ महिला हराए

बैतडी ।  बैतडीमा महिला तथा बालबालिका हराउने क्रम रोकिएको छैन् । हरेक बर्ष हराउने महिला तथा बालबालिकाकोे संख्या बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ । 

जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुुसार आर्थिक बर्ष २०७८/७९ मा ७८ जना हराएकोमा गत आर्थिक बर्षमा त्यो संख्या बढेर १०५ पुगेको छ । हराउनेमा सबैभन्दा बढी महिला रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । 

गत आर्थिक बर्षमा १०५ जनाको खोजीका लागि प्रहरीमा निवेदन आएकोमा ५५ जना फेला परेका उनले बताए । गत बर्ष ७२ जना महिला, २१ बालिका, १० बालक र २ जेष्ठ नागरिक हराएका थिए । हराएका मध्ये ३३ महिला, १२ बालिका, ९ बालक र एकजना जेष्ठ नागरिक फेला परेका प्रहरी निरीक्षक जोशीले बताए । 

यस्तै आर्थिक बर्ष २०७८/७९ मा ४० जना महिला, २६ बालिका र १२ बालक हराएका थिए । ती मध्ये २३ महिला, १६ बालिका र ६ बालक मात्रै फेला परेका छन् । दुई बर्षको अवधिमा हराएका मध्ये एकसय जना फेला परेका छन् भने ८३ जना अझै हराइरहेका प्रहरी निरीक्षक जोशीले बताए । 

आफन्तहरुले खोजीकार्यका लागि भन्दै प्रहरीमा दिएको निवेदनका आधारमा हराएका महिला तथा बालबालिकाको संख्या एकीन गर्ने गरिएको प्रहरीले जनाएको छ । प्रहरीमा आएको निवेदनका आधारमा हराएकाहरुको खोजी कार्य र फ्लोअप गर्ने कार्य जारी रहेको प्रहरी निरीक्षक जोशीले बताए । 

खुला सीमा नाकाका कारण धेरैजसो महिला तथा बालबालिकाहरु भारततिर गएको हुन सक्ने बताइएको छ । धेरै जसो भागेर भारत जाने र उतै काम गर्ने भएकाले उनीहरुको फेला नपर्ने अवस्था रहेको प्रहरीको भनाइ छ । 

हराएको बेला प्रहरीलाई खोजीका लागि निवेदन दिएपनि हराएको मान्छे फेला परेपछि प्रहरी जानकारी नदिने परीपाटी रहेकाले पनि हराएकाहरुको संख्या बढी भएको हुन सक्ने अनुमान गरिएको छ । 
 

प्रतिक्रिया