Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २९ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

महिला र बालबालिका हराउने क्रम रोकिएन, बैतडीमा एकबर्षमै ७२ महिला हराए

महिला र बालबालिका हराउने क्रम रोकिएन, बैतडीमा एकबर्षमै ७२ महिला हराए

बैतडी ।  बैतडीमा महिला तथा बालबालिका हराउने क्रम रोकिएको छैन् । हरेक बर्ष हराउने महिला तथा बालबालिकाकोे संख्या बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ । 

जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुुसार आर्थिक बर्ष २०७८/७९ मा ७८ जना हराएकोमा गत आर्थिक बर्षमा त्यो संख्या बढेर १०५ पुगेको छ । हराउनेमा सबैभन्दा बढी महिला रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । 

गत आर्थिक बर्षमा १०५ जनाको खोजीका लागि प्रहरीमा निवेदन आएकोमा ५५ जना फेला परेका उनले बताए । गत बर्ष ७२ जना महिला, २१ बालिका, १० बालक र २ जेष्ठ नागरिक हराएका थिए । हराएका मध्ये ३३ महिला, १२ बालिका, ९ बालक र एकजना जेष्ठ नागरिक फेला परेका प्रहरी निरीक्षक जोशीले बताए । 

यस्तै आर्थिक बर्ष २०७८/७९ मा ४० जना महिला, २६ बालिका र १२ बालक हराएका थिए । ती मध्ये २३ महिला, १६ बालिका र ६ बालक मात्रै फेला परेका छन् । दुई बर्षको अवधिमा हराएका मध्ये एकसय जना फेला परेका छन् भने ८३ जना अझै हराइरहेका प्रहरी निरीक्षक जोशीले बताए । 

आफन्तहरुले खोजीकार्यका लागि भन्दै प्रहरीमा दिएको निवेदनका आधारमा हराएका महिला तथा बालबालिकाको संख्या एकीन गर्ने गरिएको प्रहरीले जनाएको छ । प्रहरीमा आएको निवेदनका आधारमा हराएकाहरुको खोजी कार्य र फ्लोअप गर्ने कार्य जारी रहेको प्रहरी निरीक्षक जोशीले बताए । 

खुला सीमा नाकाका कारण धेरैजसो महिला तथा बालबालिकाहरु भारततिर गएको हुन सक्ने बताइएको छ । धेरै जसो भागेर भारत जाने र उतै काम गर्ने भएकाले उनीहरुको फेला नपर्ने अवस्था रहेको प्रहरीको भनाइ छ । 

हराएको बेला प्रहरीलाई खोजीका लागि निवेदन दिएपनि हराएको मान्छे फेला परेपछि प्रहरी जानकारी नदिने परीपाटी रहेकाले पनि हराएकाहरुको संख्या बढी भएको हुन सक्ने अनुमान गरिएको छ । 
 

प्रतिक्रिया