Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

‘प्रहरी भन्दै’ भारतीयको अपहरण गरी लुटपाट गर्ने झलारीका ‘बास्सा’ र ‘ल्याङ’ पक्राउ

‘प्रहरी भन्दै’ भारतीयको अपहरण गरी लुटपाट गर्ने झलारीका ‘बास्सा’ र ‘ल्याङ’ पक्राउ

कञ्चनपुरभारतीय नागरिकको अपहरण गरी लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय झलारीले अपहरण गरेर लुटपाटमा संलग्न शुक्लाफाँटा नगरपालिका–५ का बाश्शा भनिने रवि साउदसहित तीनजनालाई नियन्त्रणमा लिएको हो। 

साउदसँगै पक्राउ पर्नेमा सुरेन्द्र विष्ट (ल्याङ) र भुवन ऐर पनि छन्।

प्रहरीको विशेष ब्यूरोबाट सादा पोशाकमा खटिएका प्रहरी हौँ भनेर शुक्रबार दुई भारतीय नागरिकलाई उनीहरुले अपहरण गरी लुटपाट गरेको प्रहरीले जनाएको छ।

भारतको पिलिभितका २४ वर्षीय मोहित कुमार र उनीसँगैका उद्यमसिंहनगर घर भई हाल महेन्द्रनगरमा काम गर्ने अशरफ अहमदलाई सादा पोशाकका प्रहरी हौँ भनेर अपहरण गरेका थिए। 

भारतीय नागरिकलाई कलुवापुरस्थित कालिका सामुदायिक जंगलमा लगेर उनीहरुले यूके ०६ एजे ८०४२ नम्बरको मोटरसाइकल, मोबाइल, १९ हजार नगद, भारतीय आधार कार्ड र सवारी चालक अनुमति पत्र लुटेका थिए।

राति नै लुटपाटमा परेका भारतीय नागरिकले अस्थायी प्रहरी बिट कलुवापुरमा जानकारी गराएका थिए। 

ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीको कमान्डमा खटिएको प्रहरी टोलीले लुटपाटमा संलग्न तीनजनालाई समातेको हो। 

लुटेको भारतीय नम्बरको मोटरसाइकल, नगद रकम तथा मोबाइल फिर्ता गरिएको छ। पक्राउ परेको तीनैविरुद्ध म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया