Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

‘प्रहरी भन्दै’ भारतीयको अपहरण गरी लुटपाट गर्ने झलारीका ‘बास्सा’ र ‘ल्याङ’ पक्राउ

‘प्रहरी भन्दै’ भारतीयको अपहरण गरी लुटपाट गर्ने झलारीका ‘बास्सा’ र ‘ल्याङ’ पक्राउ

कञ्चनपुरभारतीय नागरिकको अपहरण गरी लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय झलारीले अपहरण गरेर लुटपाटमा संलग्न शुक्लाफाँटा नगरपालिका–५ का बाश्शा भनिने रवि साउदसहित तीनजनालाई नियन्त्रणमा लिएको हो। 

साउदसँगै पक्राउ पर्नेमा सुरेन्द्र विष्ट (ल्याङ) र भुवन ऐर पनि छन्।

प्रहरीको विशेष ब्यूरोबाट सादा पोशाकमा खटिएका प्रहरी हौँ भनेर शुक्रबार दुई भारतीय नागरिकलाई उनीहरुले अपहरण गरी लुटपाट गरेको प्रहरीले जनाएको छ।

भारतको पिलिभितका २४ वर्षीय मोहित कुमार र उनीसँगैका उद्यमसिंहनगर घर भई हाल महेन्द्रनगरमा काम गर्ने अशरफ अहमदलाई सादा पोशाकका प्रहरी हौँ भनेर अपहरण गरेका थिए। 

भारतीय नागरिकलाई कलुवापुरस्थित कालिका सामुदायिक जंगलमा लगेर उनीहरुले यूके ०६ एजे ८०४२ नम्बरको मोटरसाइकल, मोबाइल, १९ हजार नगद, भारतीय आधार कार्ड र सवारी चालक अनुमति पत्र लुटेका थिए।

राति नै लुटपाटमा परेका भारतीय नागरिकले अस्थायी प्रहरी बिट कलुवापुरमा जानकारी गराएका थिए। 

ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीको कमान्डमा खटिएको प्रहरी टोलीले लुटपाटमा संलग्न तीनजनालाई समातेको हो। 

लुटेको भारतीय नम्बरको मोटरसाइकल, नगद रकम तथा मोबाइल फिर्ता गरिएको छ। पक्राउ परेको तीनैविरुद्ध म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया