Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

निर्माण व्यवसायीको बालुवाटारमा धर्ना

निर्माण व्यवसायीको बालुवाटारमा धर्ना

काठमाण्डौं । सरकारले पुँजीगत खर्च बढाउन नसकेको आलोचना भइरहेका बेला निर्माण व्यवसायीले गरेको कामको भुक्तानी पनि दिन सकेको छैन । गत आवमा काम गरेर पनि भुक्तानी पाउन नसकेको भन्दै निर्माण व्यवसायी चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।

त्यसैक्रममा सोमबार प्रधानमन्त्री निवास अगाडि व्यवसायीहरुले व्यानर बोकेर विरोधमा उत्रिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले देशभरका व्यवसायीलाई बोलाएर प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेको हो । व्यवसायीहरुले निवास अगाडि एक घण्टा धर्ना दिएका थिए ।

गत वर्ष आयोजनाको काम सम्पन्न गरेको बिल भौचर पेस गर्दा पनि सरकारी कार्यालयहरुले भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीहरूले प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराउन खोजेका थिए ।

धर्नामा सहभागीहरूले काम गरेबापतको रकम तुरुन्त भुक्तानी गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, बीमा निर्देशिका २०७८ खारेज गर, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने नियम खारेज गर, सार्वजनिक खरिद ऐन तथा नियमावली तुरुन्त संशोधन गर लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

व्यवसायीहरुले प्रर्दशन गरेका नाराहरुले रकम भुक्तानीसँगै अन्य विषयहरु पनि जोडिएको देखिएको छ ।
व्यवसायीहरुका अनुसार मुख्य माग भने रकम भुक्तानीकै हो । अहिले सम्म निर्माण व्यवसायीले काम गरेर भुक्तानी पाउन बाँकी रकम ४० अर्ब रुपैयाँ भन्दा बढी छ ।

निर्माण व्यवसायीहरुको सोमबारको अर्को कार्यक्रम संसद भवन अगाडि प्रदर्शन गर्ने रहेको छ । व्यवसायीहरुले आइतबार सार्वजनिक खरिद अनुगमन कार्यलयमा धर्ना दिएका थिए । महासंघले केही दिन अघि पत्रकार सम्मेलन गरी विरोधको कार्यक्रम तय गरेको थियो । त्यही तय गरिएको कार्यक्रम अनुसार दैनिक विरोधका कार्यक्रम भइरहेको छ ।

प्रतिक्रिया