Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ मङि्सर २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

निर्माण व्यवसायीको बालुवाटारमा धर्ना

निर्माण व्यवसायीको बालुवाटारमा धर्ना

काठमाण्डौं । सरकारले पुँजीगत खर्च बढाउन नसकेको आलोचना भइरहेका बेला निर्माण व्यवसायीले गरेको कामको भुक्तानी पनि दिन सकेको छैन । गत आवमा काम गरेर पनि भुक्तानी पाउन नसकेको भन्दै निर्माण व्यवसायी चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।

त्यसैक्रममा सोमबार प्रधानमन्त्री निवास अगाडि व्यवसायीहरुले व्यानर बोकेर विरोधमा उत्रिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले देशभरका व्यवसायीलाई बोलाएर प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेको हो । व्यवसायीहरुले निवास अगाडि एक घण्टा धर्ना दिएका थिए ।

गत वर्ष आयोजनाको काम सम्पन्न गरेको बिल भौचर पेस गर्दा पनि सरकारी कार्यालयहरुले भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीहरूले प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराउन खोजेका थिए ।

धर्नामा सहभागीहरूले काम गरेबापतको रकम तुरुन्त भुक्तानी गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, बीमा निर्देशिका २०७८ खारेज गर, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने नियम खारेज गर, सार्वजनिक खरिद ऐन तथा नियमावली तुरुन्त संशोधन गर लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

व्यवसायीहरुले प्रर्दशन गरेका नाराहरुले रकम भुक्तानीसँगै अन्य विषयहरु पनि जोडिएको देखिएको छ ।
व्यवसायीहरुका अनुसार मुख्य माग भने रकम भुक्तानीकै हो । अहिले सम्म निर्माण व्यवसायीले काम गरेर भुक्तानी पाउन बाँकी रकम ४० अर्ब रुपैयाँ भन्दा बढी छ ।

निर्माण व्यवसायीहरुको सोमबारको अर्को कार्यक्रम संसद भवन अगाडि प्रदर्शन गर्ने रहेको छ । व्यवसायीहरुले आइतबार सार्वजनिक खरिद अनुगमन कार्यलयमा धर्ना दिएका थिए । महासंघले केही दिन अघि पत्रकार सम्मेलन गरी विरोधको कार्यक्रम तय गरेको थियो । त्यही तय गरिएको कार्यक्रम अनुसार दैनिक विरोधका कार्यक्रम भइरहेको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ