ताजा अपडेट
बैतडीमा भत्ता बुझेर फर्किरहेका वृद्ध मृत भेटिए
बैतडी । बैतडीमा भत्ता बुझेर घर फर्किरहेका वृद्ध मृत अवस्थामा फेला परेका छन् । पञ्चेश्वर गाउँपालिका–६ रोडिका ७१ वर्षीय धनसिंह भण्डारी वडा नम्बर ३ र ४ को सिमाना पर्ने गोगनपानी भन्ने ठाउँमा मृत अवस्थामा फेला परेका हुन् ।
उनी वडा नम्बर ३ कुलाउँमा रहेको नबिल बैंकबाट भत्ता बुझेर घर फर्किरहेका थिए । उनको टाउकोमा चोट लागेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ गइरहेको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया