Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०५ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

एसपीए स्टार्टअप फन्डको घोषणा, १० लाखसम्मको लगानी दिइने

एसपीए स्टार्टअप फन्डको घोषणा, १० लाखसम्मको लगानी दिइने

धनगढी । युवाहरुलाई उद्यमशील बनाउँने र उनीहरुको नविनतम् सोचलाई यथार्थमा बदल्ने उद्देश्यसहित धनगढीको एसपीए कलेजले ‘एसपीए स्टार्टअप फन्ड’ को घोषणा गरेको छ । नव–प्रवर्तनलाई प्रोत्साहन गर्ने लक्ष्यसहित कलेजले १० लाख रुपैयाँको स्टार्टअप फन्डको घोषणा गरेको हो । 

नविन सोच, योजना, सपना र आइडियाहरुलाई यथार्थमा बदल्न उक्त कोषले मद्दत गर्ने फन्डका संयोजक मनोज भट्टले बताए । एसपीए कलेजमा अध्ययनरत् कुनैपनि विद्यार्थीले आफ्नो स्टार्टअप योजनाका लागि आवश्यक लगानी जुटाउँन फन्डमा आवेदन दिन सक्नेछन् । आवेदन दिएमा मध्ये कुनै एक प्रस्तावले आवश्यकताअनुसार १० लाख वा १० लाख बराबरका एक भन्दा बढी प्रस्तावहरुले रकम पाउन सक्नेछन् । 

‘विकसित र विकासोन्मुख देशबीचको यो खाडललाई पुर्न नवप्रवर्तनलाई महत्व दिनु आजको आवश्यकता हो,’ कोषको संयोजक भट्टले भने, ‘युवाहरु हरेक कुरा नयाँ ढंगबाट प्रस्तुत गर्न अग्रसर हुन्छन् । नवीनता र नयाँपनलाई दिनसक्ने सोच बोक्छन् । यस्ता सोच भएका युवाहरुलाई अगाडि बढाउँन साथ, हौसला र प्रेरणा मिलोस भन्ने उदेश्यले हामीले स्टार्टअप फन्डको घोषणा गरेका हौं ।’

स्टार्टअपका लागि आगामी भदौं २५ गतेसम्म कलेजमा रहेको एसपीए इक्युबेसन सेन्टरको सचिवालय वा इमेलमा प्रस्तावना पठाउँन सकिनेछ । कुनै नयाँ विकास वा आविष्कारका लागि पनि फन्ड उपलब्ध हुनेछ । यस कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ । सुदूरपश्चिममा आफ्ना विद्यार्थीका लागि स्टार्टअप फन्ड स्थापना गर्ने एसपीए पहिलो कलेज समेत हो ।

एसपीए कलेजले युवाहरुको क्षमतालाई प्रोत्साहन गर्न पहिलेबाट नै लगानी गर्दै आएको छ । यसअघि एसपीएमा अध्ययनरत् विद्यार्थीहरुले विभिन्न आविष्कार र विकास गरेका छन् । एसपीएका विद्यार्थी सागर खनालले ‘एसपीए इभी मोडल वान कार’ बनाएका छन् । यस्तै सोहन कैनीले इलेक्ट्रिक मोटरसाइकल निर्माण गरेका छन् । 

यस्तै इलेक्ट्रिक बाइक निर्माण गरेका कैलालीको गोदावरी नगरपालिका– ५ गेटाका पारस साउँदलाई सम्मान गर्नुका साथै कलेजले उनलाई शतप्रतिशत छात्रवृत्ति दिने घोषणा गरेको छ । साथै कलेजले पारसको आगामी प्रोजेक्टहरुमा पनि लगानी गर्ने प्रतिबद्धता जनाएको छ । 

त्यसबाहेक एसपीएका बीआईएम अध्ययनरत् विद्यार्थीहरुले सस्तो किताब डटकम, स्मार्ट डस्टबिन, स्मार्ट होम, भ्वाइस कन्ट्रोल अपलाइन्सेस, स्मार्ट सेन्सरलगायत उपकरणहरुको विकास गरेका छन् । 

स्थापनाको २६ वर्ष मनाइरहेको धनगढीको एसपीए कलेजले पछिल्लो समय हासिल गरेका उपलब्धिहरु लोभलाग्दा छन् । लगातार तेस्रोपल्ट देशकै उत्कृष्ट कलेजभित्र पर्दै राष्ट्रिय सम्मान पाउनु, विद्यार्थीहरु त्रिवि, सुदूरपश्चिम टप निस्किनु, भौतिक संरचनामा भएको कायापलट, आइटीमा आधारित शिक्षा, अतिरिक्त क्रियाकलाप, पेड इन्टर्नसिप र विद्यार्थीलाई अवसर दिने मामलामा एसपीए अरु कलेजभन्दा धेरै अगाडि पुगिसकेको संयोजक भट्टले बताए । 

विद्यार्थीलाई अवसर दिने मामला पनि एसपीए अघि छ । कलेजले सुरु गरेको ‘पढ्दापढ्दै रोजगारी’ कार्यक्रम अन्तर्गत कलेजमै आई विभिन्न कम्पनी र व्यवसायिक प्रतिष्ठानहरुले विद्यार्थीहरुलाई रोजगारी दिइरहेका छन् । विद्यार्थीहरु पेड इन्टर्नसिपमा अमेरिका, बहराईन, शारजहा, थाइल्याण्ड, दुबई, कतार, माल्दिभ्स, भुटान, भारत तथा नेपालकै विभिन्न तारे होटलहरु र व्यवसायिक प्रतिष्ठानहरुमा कार्यरत छन् । 

विद्यार्थीहरुलाई उद्यमशील बनाउँने उदेश्यका साथ नबिल बैंकसँगको सहकार्यमा बिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप(नबिल एसएसई)कार्यक्रम लागु गरिएको छ । फन्डमा आवेदन दिएका वा छनौट भएका विद्यार्थीहरुलाई उक्त कार्यक्रममा राख्दै उद्यमशीलताको प्रशिक्षण समेत दिइने भएको छ । कलेज विश्वविद्यालय अनुदान आयोगबाट प्रदान गरिने गुणस्तर सुनिश्चितता प्रयायन (क्यूएए) प्राप्तिको अन्तिम चरणमा छ । 

विश्वबजारको अनुभव विद्यार्थीलाई गराउने उद्देश्यले देशविदेशबाट भिजिटिङ स्कलरहरुलाई निम्ताउँने, विभिन्न देशका कलेजहरु सँग भगिनी सम्बन्ध स्थापना गर्ने, विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा अब्ब बनाउँन विभिन्न १५ वटा क्लबहरु गठन गर्नु, सेन्ट्रल डिजिटल ब्रोडकास्टिङ सिस्टम, निःशुल्क डेडिकेटेड कर्पोरेट वाइफाई जोन, मल्टिमिडियायुक्त कक्षा कोठा, आफ्नै छुट्टै वेबसाइट र एप, सेमिनार हल, आधुनिक ल्याब, लाइब्रेरीले एसपीए कलेजलाई यस क्षेत्रमा विशिष्ट पहिचान दिएको छ । 
 

प्रतिक्रिया

ट्रेन्डिङ