Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १९ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

कैलालीमा माइतीबाट घर पुग्ने वित्तीकै २४ वर्षीया एक महिलाको मृत्यु, हत्या भएको आंशका

कैलालीमा माइतीबाट घर पुग्ने वित्तीकै २४ वर्षीया एक महिलाको मृत्यु, हत्या भएको आंशका

धनगढी । कैलालीमा माइतीबाट घर पुग्ने वित्तीकै एक महिलाको  मृत्यु भएको छ । धनगढी उपमहानगरपालका–१७ धुर्जुना माइती घर गएकी  २४ वर्षीया संजीता चौधरी भजनी नगरपालिका–५ लालबोझी स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन्। मंगलबार माइती घरबाट साढे ९ बजे घर जान्छु भनेर निस्केकी संजीता धनगढी बजारबाट १२ बजे बसमा चढेकी थिइन्।

दुई बजे आफ्नो घर लालबोझी पुगेकी उनी सोहिदिन मृत अवस्थामा फेला परेकी हुन्। संजीताका श्रीमान २६ वर्षीय सुवेत यादब सोहिदिन ४/५ महिनाका लागि कमाउन भारत जान्छु भन्दै घरबाट निस्केका थिए। संजीता घर पुग्ने वित्तिकै झुण्डिएर देहत्याग गरेको खबर तिकुनिया पुगेका यादबसम्म पुगेपछि फर्केर घर पुगेको बताइएको छ। तीन वर्षअघि संजीता र सुवेतबिच प्रेम विवाह भएको माइती पक्षले बताएको छ।

संजीताको आत्महत्या नभई हत्या भएको हुन सक्ने माइती पक्षको अनुमान छ। झुण्डिएको व्यक्तिको भूइँमा खुट्टा कसरी पुग्छ र मृत्यु हुन्छ, मृतक संजीताका मामा हरिनारायण चौधरीले भने। संजीताको मोबाइल समेत उनका श्रीमान सुवेत यादबसँग भेटिएको उनले बताए। माइतबाट सकुसल घर पुगेकी संजीताको एकाएक झुण्डिएर देहत्याग गरेको विषय पत्यारलाग्दो नभएको उनी बताउँछन्। ‘हाम्रो उपस्थिती बिना नै आजै एकाएक मृतकको टीकापुर अस्पतालमा पोष्टमार्टम समेत गरिएपछि आत्महत्या नभएर हत्या नै भएको विषयलाई थप पुष्टि गर्छ।’ घटनाको सत्यतथ्य छानबिन नभएसम्म लास उठाउन नदिने समेत उनले बताए।

उनका अनुसार संजीताले घर पुग्ने वित्तिकै देहत्याग गरेको विषय सहि होइन, उनको हत्या गरिएको हो, घरभित्रै यस्तो घटना हुनु झन शंकास्पद भएको माइती पक्षको गुनासो छ। संजीताका श्रीमानले भने कमाउन भारत जान लागेको बेला घरमा यस्तो घटना भएपछि फर्केर आएको बताउने गरेको भन्दै माइती पक्षले घटनाको छानबिनको माग गरेको छ।

प्रतिक्रिया

ट्रेन्डिङ