ताजा अपडेट
बैतडीमा गड्यौला मल विक्रि शुरु
बैतडी । बैतडीमा गड्यौला मल विक्रि शुरु गरिएको छ । सतबाँझस्थित सुख्खा फलफूल विकास केन्द्रले उत्पादन गरेको मल विक्रि गर्न थालेको हो ।
गड्यौला मल उत्पादन केन्द्र स्थापना गरेर मल उत्पादन गरेको केन्द्रले मल विक्रि कार्य शुरु गरेको सुख्खा फलफूल विकास केन्द्रका निमित्त प्रमुख डिल्लीराज भट्टले बताए । सुख्खा फलफूल विकास केन्द्र सतबाँझको एरीयाभित्र गड्यौला मल उत्पादन स्थल निर्माण गरेर मल उत्पादन गर्ने गरिएको उनले बताए । गड्यौला मल उत्पादनका लागि धनगढीबाट गड्यौला ल्याएर उत्पादनस्थलमा राखिएको थियो ।
मल उत्पादनस्थलमा झण्डै १५ क्विन्टल गड्यौला मल उत्पादन भएको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्काले बताए । जिल्ला दररेट अनुसार प्रतिकेजी ४० रुपैंयाका दरले मल विक्रि गर्न थालिएको उनले बताए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया