ताजा अपडेट
बैतडीमा गड्यौला मल विक्रि शुरु
बैतडी । बैतडीमा गड्यौला मल विक्रि शुरु गरिएको छ । सतबाँझस्थित सुख्खा फलफूल विकास केन्द्रले उत्पादन गरेको मल विक्रि गर्न थालेको हो ।
गड्यौला मल उत्पादन केन्द्र स्थापना गरेर मल उत्पादन गरेको केन्द्रले मल विक्रि कार्य शुरु गरेको सुख्खा फलफूल विकास केन्द्रका निमित्त प्रमुख डिल्लीराज भट्टले बताए । सुख्खा फलफूल विकास केन्द्र सतबाँझको एरीयाभित्र गड्यौला मल उत्पादन स्थल निर्माण गरेर मल उत्पादन गर्ने गरिएको उनले बताए । गड्यौला मल उत्पादनका लागि धनगढीबाट गड्यौला ल्याएर उत्पादनस्थलमा राखिएको थियो ।
मल उत्पादनस्थलमा झण्डै १५ क्विन्टल गड्यौला मल उत्पादन भएको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्काले बताए । जिल्ला दररेट अनुसार प्रतिकेजी ४० रुपैंयाका दरले मल विक्रि गर्न थालिएको उनले बताए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया