Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बझाङमा गाउँलेले भत्काएको घर सार्वजनिक जग्गामा भएको पुष्टि

बझाङमा गाउँलेले भत्काएको घर सार्वजनिक जग्गामा भएको पुष्टि

बझाङ । बझाङको बित्थडचिर गाउँपालिका–७ स्याल ढुड्ढामा जातीय विभेद गरेर दलितको निर्माणधीन घर भत्काएको विवादपछि घर सार्वजनिक खाली खाल्सा गौचरन जमिन भएको पृष्टी भएको छ । नापी कार्यालय र मालपोत कार्यालय झोताको टोलीले घटनास्थलमा पुगेर नापचाँच गर्दा जमिन सार्वजनिक जग्गामा परेको पुष्टी भएको हो ।

गएको साता स्थानीय पुड्को ओखेडाले आफूमाथि कथित उपल्लो जातिका मान्छेले निर्माणधीन घर भत्काएको भन्दै जिल्ला प्रहरी कार्यालयमा न्यायका लागि निवेदन दिएका थिए ।

मंगलबार स्थानीय जनप्रतिनिधि, प्रहरीको रोहबरमा दुवै पक्षलाई राखेर जग्गा विवादको समस्या समाधान गरिएको हो ।

धामी गाउँ निवासी दलित दुई परिवार २५ वर्ष अगाडिदेखि स्यालढुड्ढामा बसोवास गर्दै आएका थिए । दलित परिवारको एउटा कित्ता दर्ता भएर घर आवास बनाएको र बाँकी रहेको दर्ता जग्गासँग जोडिएको सार्वजनिक जग्गा अतिक्रमण गर्दै आएपछि गाउँलेहरुले पुड्को आखेडाको निर्माणधिन घर र केही खेती बारी अघिल्लो साता हटाएको हो । घर टहरा गाउँलेहरुले हटाएको विषयमा बाहुनको बस्तीमा जातीय छुवाछुत गरेर हटाएको भन्दै व्यापक आलोचना भएको थियो ।

गाउँलेहरुले कानुन हातमा लिएर गरेको काम गैरजिम्मेवार भएको प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए । उनले अभद्र व्यवहारमा मुद्दा दर्ता भएर कानुनी प्रकृयामासमेत गइसकेको बताए ।

प्रतिक्रिया

ट्रेन्डिङ