Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०५ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

बझाङमा गाउँलेले भत्काएको घर सार्वजनिक जग्गामा भएको पुष्टि

बझाङमा गाउँलेले भत्काएको घर सार्वजनिक जग्गामा भएको पुष्टि

बझाङ । बझाङको बित्थडचिर गाउँपालिका–७ स्याल ढुड्ढामा जातीय विभेद गरेर दलितको निर्माणधीन घर भत्काएको विवादपछि घर सार्वजनिक खाली खाल्सा गौचरन जमिन भएको पृष्टी भएको छ । नापी कार्यालय र मालपोत कार्यालय झोताको टोलीले घटनास्थलमा पुगेर नापचाँच गर्दा जमिन सार्वजनिक जग्गामा परेको पुष्टी भएको हो ।

गएको साता स्थानीय पुड्को ओखेडाले आफूमाथि कथित उपल्लो जातिका मान्छेले निर्माणधीन घर भत्काएको भन्दै जिल्ला प्रहरी कार्यालयमा न्यायका लागि निवेदन दिएका थिए ।

मंगलबार स्थानीय जनप्रतिनिधि, प्रहरीको रोहबरमा दुवै पक्षलाई राखेर जग्गा विवादको समस्या समाधान गरिएको हो ।

धामी गाउँ निवासी दलित दुई परिवार २५ वर्ष अगाडिदेखि स्यालढुड्ढामा बसोवास गर्दै आएका थिए । दलित परिवारको एउटा कित्ता दर्ता भएर घर आवास बनाएको र बाँकी रहेको दर्ता जग्गासँग जोडिएको सार्वजनिक जग्गा अतिक्रमण गर्दै आएपछि गाउँलेहरुले पुड्को आखेडाको निर्माणधिन घर र केही खेती बारी अघिल्लो साता हटाएको हो । घर टहरा गाउँलेहरुले हटाएको विषयमा बाहुनको बस्तीमा जातीय छुवाछुत गरेर हटाएको भन्दै व्यापक आलोचना भएको थियो ।

गाउँलेहरुले कानुन हातमा लिएर गरेको काम गैरजिम्मेवार भएको प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए । उनले अभद्र व्यवहारमा मुद्दा दर्ता भएर कानुनी प्रकृयामासमेत गइसकेको बताए ।

प्रतिक्रिया

ट्रेन्डिङ