ताजा अपडेट
चिया पकाउन ढिलो गरेको भन्दै पत्नीको हत्या
दुनियाँमा कहिलेकाहीँ यस्ता अपराधका घटना हुन्छन् जसका बारेमा सुन्दैमा जीउ काँप्छ ।
हालै छिमेकी देश भारतको ग्वालियरमा एउटा यस्तै नृशंस तथा अकल्पनीय घटना भएको छ जसमा एक महिलाले आफ्नै लोग्नेको हातबाट अनाहकमा ज्यान गुमाएकी छिन् ।
मध्यप्रदेशको ग्वालियरमा एक युवकले आफ्नै पत्नीको घाँटी थिचेर हत्या गरेका छन् । समाचार अनुसार पत्नीले चिया पकाउन ढिलो गरेको भन्दै ती युवकले आफ्नै पत्नीको हत्या गरेका हुन् ।
स्थानीय मोहित रकम भन्ने युवकले आफ्नी २२ वर्षीया पत्नी साधना रजकलाई चिया ढिलो पकाएको विषयमा भएको विवादमा सुरुमा पत्नीमाथि कुटपिट गरेर अन्त्यमा घाँटी थिच्दै नृशंस तरिकाले हत्या गरेका छन् ।
प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । उनले प्रहरीसमक्ष अपराध स्वीकार गरिसकेको बताइएको छ । उनीहरुबीच सन् २०२१ मा बिहे भएको थियो । ती युवकमाथि हत्याको अभियोगमा मुद्दा दर्ता गरिएको हाल हिरासतमा रहेको बताइएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया