Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १९ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

बैतडीमा जंगली जनावरले मकैबाली नष्ट गर्न थाले पछि किसान चिन्तीत

बैतडीमा जंगली जनावरले मकैबाली नष्ट गर्न थाले पछि किसान चिन्तीत

बैतडी । बैतडीमा जंगली जनावरले  मकैबाली नष्ट गर्न थाले पछि किसान चिन्तीत बनेका छन् । जिल्लाका विभिन्न स्थानमा जंगली जनावरले   मकैबाली  नष्ट गरे पछि  किसानहरु अहिले  चिन्तीत बनेका हुन् ।

जंगली बंदेलले मकैबाली नष्ट गरेको  सुर्नया गाउँपालिका ३  तडीगाउँका  स्थानीय धर्मानन्द भट्टले  बताए ।  मेहेनत गरेर खेतमा लगाएको मकै घोगा लाग्ने  बेलामा जंगली जनावरले सखाप पारेको  उनले  बताए  । रातिको  समयमा आएका जंगली बदेलले मकैबाली  नष्ट  गर्दा भोकमरिको चिन्ता बढेको उनले  बताए  ।

किसानहरुलाई  अहिले  जंगलि जनवारबाट मकैबाली  जोगउन धौधौ परेको छ । पहरा नबसेको समयमा जंगली बंदेल आएर मकै खाने गरेको  किसानहरुको गुनासो  छ । किसानले मेहेनत गरेर खेतमा लगाएको मकैमा घोगा लाग्ने  बेलामा जंगली जनावरले सखाप गरिदिदाँ भोकमरी हुने चिन्ता बढेको स्थानीय  ज्ञानेन्द्र भट्टले बताए  । प्रत्येक वर्ष जंगली जनावरले बालीनाली नष्ट गर्ने गरेको  भएपनि सरकारले  क्षतिपूर्ती  नदिने  गरेको किसानहरुको  गुनासो  छ ।

गत वर्ष  वडा सरकारले  जंगली जनावरबाट भएको  नोक्सानको  क्षतिपूर्ती दिने भनेर क्षतिको विवरण संकलन गरेपनि  अहिले सम्म नमिलेको स्थानीय भट्टले  बताए ।  कतै  जंगली  बंदेल, कहिँ बाँदरहरुले मकैबाली  सखाप पार्न थालेपछि किसानहरु समस्यामा परेका छन् ।  दिउंसोका बाँदर र रातिका जंगली  बंदेलका कारण किसानहरु परिसान भएका छन् । 

प्रतिक्रिया

ट्रेन्डिङ