Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित चार जना पक्राउ

कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित चार जना पक्राउ

धनगढी ।  कैलालीको धनगढी र कञ्चनपुरको बेलौरीबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–७ का २१ वर्षीय रबि रानालाई ८ सय ९० मिलिग्राम तथा धनगढी उपमहानगरपालिका–१७ का १८ र १७ वर्षीय दुई किशोरलाई ३ सय ४० मिलिग्राम लागूऔषधसहित बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरी चौकी कनरी र सशस्त्र प्रहरी बल फुलवारीबाट खटिएको संयुक्त प्रहरी टोलीले दुई किशोर र एक युवकलाई धनगढी उपमहानगरपालिका–१४ बाट पक्राउ गरेको हो। साथै ती दुई जना किशोरले प्रयोग गरेको सुदूरपश्चिम प्रदेश ०१००९ प ६०५९ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ। त्यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट पनि लागूऔषधसहित थप एक जना पक्राउ परेका छन्।

३ ग्राम ६ सय ८० मिलिग्राम लागुऔषधसहित कृष्णपुर नगरपालिका–४ का २१ वर्षीय रितिक थापालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेलडाँडी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले जाँच गर्ने क्रममा से।२ प ८४७८ नम्बरको मोटरसाइकल चालकले मोटरसाइकल छाडी फरार भएको र मोटरसाइकलमा सवार थापाको साथबाट लागुऔषध फेला पारेको छ। हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ।
 

प्रतिक्रिया