ताजा अपडेट
कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित चार जना पक्राउ
धनगढी । कैलालीको धनगढी र कञ्चनपुरको बेलौरीबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–७ का २१ वर्षीय रबि रानालाई ८ सय ९० मिलिग्राम तथा धनगढी उपमहानगरपालिका–१७ का १८ र १७ वर्षीय दुई किशोरलाई ३ सय ४० मिलिग्राम लागूऔषधसहित बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरी चौकी कनरी र सशस्त्र प्रहरी बल फुलवारीबाट खटिएको संयुक्त प्रहरी टोलीले दुई किशोर र एक युवकलाई धनगढी उपमहानगरपालिका–१४ बाट पक्राउ गरेको हो। साथै ती दुई जना किशोरले प्रयोग गरेको सुदूरपश्चिम प्रदेश ०१००९ प ६०५९ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ। त्यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट पनि लागूऔषधसहित थप एक जना पक्राउ परेका छन्।
३ ग्राम ६ सय ८० मिलिग्राम लागुऔषधसहित कृष्णपुर नगरपालिका–४ का २१ वर्षीय रितिक थापालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेलडाँडी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले जाँच गर्ने क्रममा से।२ प ८४७८ नम्बरको मोटरसाइकल चालकले मोटरसाइकल छाडी फरार भएको र मोटरसाइकलमा सवार थापाको साथबाट लागुऔषध फेला पारेको छ। हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया