Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

गौरीगंगामा ग्रामीण विद्युत सहकारीको विद्युत महशुल एकरुपता गर्न छलफल

गौरीगंगामा ग्रामीण विद्युत सहकारीको विद्युत महशुल एकरुपता गर्न छलफल

धनगढी । गौरीगंगा ग्रामीण विद्युत सहकारी संस्था समन्वय समिति चौमालाको आयोजनामा सरोकारवालाहरु सँग अन्तरक्रिया कार्यक्रम चौमालामा सम्पन्न भएको छ ।

गौरीगंगा नगरपालिका भित्रका सबै ग्रामीण विद्युत सहकारी संस्थाहरुको विद्युत महशुल एकरुपता कायम गर्न छलफल गरिएको हो । कार्यक्रम प्रमुख अतिथि रहेका गौरीगंगा नगरपालिका प्रमुख देवीदत्त कडेलले सहकारी संस्थाले महशुल एकरुपता ल्याउन आग्रह गरे ।

सहकारी संस्थाले वार्षिक कार्य योजना बनाई काम गर्नुपर्ने समेत बताए । विशिष्ट अतिथि नगर उपप्रमुख भोज बहादुर बमले सहकारी संस्थाले राम्रो काम गरेकोले प्रशंसा गरे । गौरीगंगा ग्रामीण विधुत सहकारी संस्था समन्वय समितिका संयोजक हेमन्त राज जोशी (बाजे) को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

साथै, बिधुत महसुलमा एकरुपता ल्याउन खगेन्द्र राज जोशीको संयोजकत्वमा ७ सदस्यीय विद्युत महशुल निर्धारण समिती गठन गरेको छ । समितिले १ हप्ता भित्र महशुल एकरुपता बारे छ्लफल गरि नगर स्तरिय समितिलाई राय सहितको प्रतिबेदन बुझाउने निर्णय गरेको संयोजक हेमन्त बाजे ले जानकारी दिएका छन् ।

सो कार्यक्रममा जनप्रतिनिधि, सहकारी संस्था शाखा प्रमुख,नगर भित्र रहेका २० वटा ग्रामीण बिधुत सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापक हरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया