Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

कालंगा नदी बेसिनका ३ वटै आयोजनाबाट ६४ मेगावाट विद्युत प्रणालीमा जोडियो

कालंगा नदी बेसिनका ३ वटै आयोजनाबाट ६४ मेगावाट विद्युत प्रणालीमा जोडियो

काठमाडौं । सुदूपश्चिमको बझाङस्थित कालंगा नदी बेसिनमा निर्माणाधीन ३ जलविद्युत आयोजनाको बिजुली पूर्णरूपमा प्रणालीमा आवद्ध भएको छ । उक्त बेसिनका माथिल्लो कालंगा गाड, कालंगा गाड र सानीगाड गरी ६४ मेगावाटभन्दा बढी विद्युत प्रणालीमा जोडिएको हो ।

यसअघि ३८.४६ मेगावाटको माथिल्लो कालंगा गाड र १५.३३ मेगावाटको कालंगा गाड प्रणालीमा आवद्ध भइसकेकोमा हिजो (साउन १८ गते) देखि १०.७० मेगावाटको सानी गाड पनि सञ्चालनमा आएको बुंगल हाइड्रो लिमिटेडका सञ्चालक राजेशकुमार श्रेष्ठले जानकारी दिए । यो सँगै सानी गाड हाइड्रो प्रालि अन्तर्गतका ३ कम्पनीले उक्त बेसिनमा विकास गरेका ३ आयोजनाबाट ६४.४९ मेगावाट विद्युत दार्चुलाको बलाँचस्थित नेपाल विद्युत प्राधिकरणको १३२÷३३ केभी सबस्टेसनमा आवद्ध भएको छ ।

यी ३ जलविद्युत आयोजनाको बिजुली बलाँच पुर्याउन प्रवद्र्धकले ३९ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरेको छ । जुन, अहिलेसम्म निजी क्षेत्रले निर्माण गरेको सबैभन्दा लामो लाइन मानिएको छ ।

उक्त परिमाणसँग बलाँच सबस्टेसनमा जोडिएको निजी क्षेत्रको विद्युत करिब १२१ मेगावाट पुगेको छ । प्राधिकरणद्वारा निर्मित ३० मेगवाटको चमेलिया समेत जोड्दा यस सबस्टेसनमा आवद्ध विद्युतको परिमाण करिब १५१ मेगावाट हुन पुग्छ । यसअघि, अपि पावरले निर्माण गरेको ४० मेगावाटको माथिल्लो चमेलियाबाट व्यापारिक उत्पादन भइसकेको छ भने सोही कम्पनीद्वारा निर्मित ८.५ मेगावाटको नौगड गाड र ८ मेगावाटको माथिल्लो नौगड गाड पनि सञ्चालनमा आइसकेका छन् ।

माथिल्लो कालंगा गाड

सानी गाड हाइड्रो कम्पनीद्वारा निर्माण गरिएको ३८.४६ मेगावाटको माथिल्लो कालंगा गाडले २०७९ माघ १३ गतेदेखि विद्युत उत्पादन सुरु गरेको थियो । ६ अर्ब ९४ करोड रुपैयाँ लागतमा निर्माण पूरा गरिएको यो आयोजनामा माचापुच्छ«े बैंक लिमिटेडको अगुवाईमा ८ बैंकले लगानी गरेका छन् ।

कालंगा गाड

कालंगा हाइड्रो इनर्जी कम्पनीले निर्माण गरेको १५.३३ मेगावाटको कालंगा गाडबाट पनि २०७९ सालमै विद्युत उत्पादन भएको थियो । ३ अर्ब २० करोड रुपैयाँ लागतमा निर्माण गरिएको यस आयोजनामा एनएमबी बैंक लिमिटेडको अगुवाईमा ६ बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । जसमा, ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानीको हिस्सा रहेको छ ।

सानी गाड

सोही नदी बेसिनमा बुंगल हाइड्रो पावर कम्पनीले निर्माण गरेको १०.७० मेगावाटको सानी गाड साउन १८ गतेदेखि प्रणालीमा जोडिएको छ । निर्माण पूरा गर्दासम्म यसको लागत २ अर्ब २० करोड रुपैयाँ पुगेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया