Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

कालंगा नदी बेसिनका ३ वटै आयोजनाबाट ६४ मेगावाट विद्युत प्रणालीमा जोडियो

कालंगा नदी बेसिनका ३ वटै आयोजनाबाट ६४ मेगावाट विद्युत प्रणालीमा जोडियो

काठमाडौं । सुदूपश्चिमको बझाङस्थित कालंगा नदी बेसिनमा निर्माणाधीन ३ जलविद्युत आयोजनाको बिजुली पूर्णरूपमा प्रणालीमा आवद्ध भएको छ । उक्त बेसिनका माथिल्लो कालंगा गाड, कालंगा गाड र सानीगाड गरी ६४ मेगावाटभन्दा बढी विद्युत प्रणालीमा जोडिएको हो ।

यसअघि ३८.४६ मेगावाटको माथिल्लो कालंगा गाड र १५.३३ मेगावाटको कालंगा गाड प्रणालीमा आवद्ध भइसकेकोमा हिजो (साउन १८ गते) देखि १०.७० मेगावाटको सानी गाड पनि सञ्चालनमा आएको बुंगल हाइड्रो लिमिटेडका सञ्चालक राजेशकुमार श्रेष्ठले जानकारी दिए । यो सँगै सानी गाड हाइड्रो प्रालि अन्तर्गतका ३ कम्पनीले उक्त बेसिनमा विकास गरेका ३ आयोजनाबाट ६४.४९ मेगावाट विद्युत दार्चुलाको बलाँचस्थित नेपाल विद्युत प्राधिकरणको १३२÷३३ केभी सबस्टेसनमा आवद्ध भएको छ ।

यी ३ जलविद्युत आयोजनाको बिजुली बलाँच पुर्याउन प्रवद्र्धकले ३९ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरेको छ । जुन, अहिलेसम्म निजी क्षेत्रले निर्माण गरेको सबैभन्दा लामो लाइन मानिएको छ ।

उक्त परिमाणसँग बलाँच सबस्टेसनमा जोडिएको निजी क्षेत्रको विद्युत करिब १२१ मेगावाट पुगेको छ । प्राधिकरणद्वारा निर्मित ३० मेगवाटको चमेलिया समेत जोड्दा यस सबस्टेसनमा आवद्ध विद्युतको परिमाण करिब १५१ मेगावाट हुन पुग्छ । यसअघि, अपि पावरले निर्माण गरेको ४० मेगावाटको माथिल्लो चमेलियाबाट व्यापारिक उत्पादन भइसकेको छ भने सोही कम्पनीद्वारा निर्मित ८.५ मेगावाटको नौगड गाड र ८ मेगावाटको माथिल्लो नौगड गाड पनि सञ्चालनमा आइसकेका छन् ।

माथिल्लो कालंगा गाड

सानी गाड हाइड्रो कम्पनीद्वारा निर्माण गरिएको ३८.४६ मेगावाटको माथिल्लो कालंगा गाडले २०७९ माघ १३ गतेदेखि विद्युत उत्पादन सुरु गरेको थियो । ६ अर्ब ९४ करोड रुपैयाँ लागतमा निर्माण पूरा गरिएको यो आयोजनामा माचापुच्छ«े बैंक लिमिटेडको अगुवाईमा ८ बैंकले लगानी गरेका छन् ।

कालंगा गाड

कालंगा हाइड्रो इनर्जी कम्पनीले निर्माण गरेको १५.३३ मेगावाटको कालंगा गाडबाट पनि २०७९ सालमै विद्युत उत्पादन भएको थियो । ३ अर्ब २० करोड रुपैयाँ लागतमा निर्माण गरिएको यस आयोजनामा एनएमबी बैंक लिमिटेडको अगुवाईमा ६ बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । जसमा, ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानीको हिस्सा रहेको छ ।

सानी गाड

सोही नदी बेसिनमा बुंगल हाइड्रो पावर कम्पनीले निर्माण गरेको १०.७० मेगावाटको सानी गाड साउन १८ गतेदेखि प्रणालीमा जोडिएको छ । निर्माण पूरा गर्दासम्म यसको लागत २ अर्ब २० करोड रुपैयाँ पुगेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया