ताजा अपडेट
डडेल्धुराबाट लागूऔषध खैरो हिराईनसहित २ जना पक्राउ
डडेल्धुरा । डडेल्धुराबाट लागूऔषध खैरो हिराईनसहित २ जना पक्राउ परेका छन् । जिल्लाको अमरगढी नगरपालिका( १ स्याउलेबाट अछामको साफेबगर नगरपालिका २ का २९ वर्षीय अशोक स्वार र चौरपाटी गाउँपालिका वडा नम्बर ४ बस्ने ३२ वर्षीय गणेश धामीलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार उनीहरुको साथबाट खैरो हेरोइन बरामद भएको छ ।
‘धनगढीबाट अछामतर्फ जाँदै गरेको सु.प.प्र. ०३ ००१ प ००८४ नम्बरको मोटरसाइकलमा सवार स्वार र धामीलाई चेकजाँच गर्दा खैरो हेरोइन भेटिएको हो,’ उनले भने, ‘दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।’
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया