ताजा अपडेट
डडेल्धुरा अस्पतालमा व्यापक अनियमितताको गुनासो, अख्तियारले छानबिन गर्ने
डडेल्धुरा । डडेल्धुरा अस्पतालमा व्यापक अनियमितताको गन्ध आएको गुनासोपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ।कञ्चनपुरमा रहेको आयोगको कार्यालयले आवश्यक छानबिनका लागि विभिन्न कागजात पठाउन अस्पताललाई ताकेका गरेको हो।
प्राप्त पत्रअनुसार अख्तियारले यहि भदौ १५ गते अस्पताललाई राय प्रतिक्रियासहित काजजात उपलब्ध गराउन आदेश दिएको छ। अख्तियारले अस्पताललाई अक्सिजन प्लान्ट खरिद भएका कागजात तथा सो सम्बन्धी प्रमाण, स्वास्थ्य शिविर सम्बन्धी कागजात, औषधि खरिद, कर्मचारी भर्ना प्रक्रिया, हाडजोर्नी अप्रेशन गर्ने टेबुल खरिद तथा जेनेरेटर खरिद सम्बन्धी कागजात मागेको छ।
ती सम्पूर्ण कागजात १५ दिनभित्र पठाउन अस्पताललाई ताकेता गरिएको हो।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया