Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

कैलालीमा बाढी र पहिरोबाट प्रभावितहरुको उद्धारका लागि नेपाली सेनाको उद्धार टोली

कैलालीमा बाढी र पहिरोबाट प्रभावितहरुको उद्धारका लागि नेपाली सेनाको उद्धार टोली

धनगढी । गएरातिको अविरल वर्षाका कारण समस्यामा परेकाको उद्धारका लागि नेपाली सेनाको विपद् उद्धार टोली खटिएको छ । 

गएरातिको अविरत वर्षाका कारण कैलालीको कैलारी गाउँपालिका, भजनी नगरपालिका, धनगढी उपमहानगरपालिका तथा भीमदक्त सडकखण्ड अन्तर्गत गोदावरी नगरपालिकाको सेल्फि डाँडामा सडक भासिदा समस्यामा परेकाहरुको उद्धार गर्न तेघरीस्थित श्री देवीदल गणको उद्धार टोली खटिएको हो । 

धनगढी उपमहानगरपालिका वडा नम्बर १५ र कैलारी गाउँपालिका वडा नम्बर ७ बसन्ताका बाढी पिडितको उद्धारका लागि मेजर बिक्रम चौधरीको कमाण्डमा नेपाली सेनाको विपद् उद्धार टोली र सुदूरपश्चिम प्रदेशको सात जिल्ला जोड्ने सडक पहिरोले भासिएपछि अलपत्र परेका यात्रुहरुलाई गन्तव्यसम्म पुगाउनका लागि अवरुद्ध सडक सुचारु गर्न सहायक सेनानी रुपेश थारुको कमाण्डमा नेपाली सेनाको उद्धार टोली खटाईएको श्री देवीदल गण तेघरीका प्रमुख सेनानी गणपति रबी के.सीले बताए । 

‘सडक सुचारु गर्न अवरोध हटाउन नेपाली सेनाको उद्धार टोली खटाएका छौं’ श्री देवीदल गणका प्रमुख सेनानी गणपति रबी के।सी। ले भने, ‘राजमार्गमा खसेका रुख हटाउन हाम्रो टोली खटिएको छ । सडक पूर्ण रुपमा सुचारु गराउन जेसिवी र एक्जाभेटरको आवश्यक छ ।’

प्रतिक्रिया