ताजा अपडेट
अछामका विनोदका हत्या आरोपीलाई पक्राउ
अछाम । अछामका युवक विनोद शाहीको हत्यामा संलग्न रहेको आरोप लागेका सज्जनबहादुर शाही पक्राउ परेका छन्। उनलाई एमालेको भ्रातृ संगठन युवासंघ नेपालका कार्यकर्ताले काठमाडौंको धापासीबाट नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन्।
उनी १६ महिनादेखि फरार थिए। विनोद २१ जेठमा २०७९ मा मृत फेला परेका थिए। १७ जेठमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच अछामको पञ्चदेवलमा विवाद भएको थियो। सो विवादलगत्तै बेपत्ता भएका शाहीको चार दिनपछि शव भेटिएको थियो।
घटनामा संलग्नहरूले शक्ति केन्द्रको आडमा उन्मुक्ति पाएको पीडित परिवारको आरोप छ। फरार रहेकाहरूलाई पक्रेर कारबाही गर्नुको साटो पीडित परिवारलाई उल्टै धाकधम्की दिन थालेपछि मृतकका दाइ बखतबहादुर शाही १० जनाको टोलीसहित अछामबाट काठमाडौं आएर युवासंघ गुहारेका थिए।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया