ताजा अपडेट
अछामका विनोदका हत्या आरोपीलाई पक्राउ
अछाम । अछामका युवक विनोद शाहीको हत्यामा संलग्न रहेको आरोप लागेका सज्जनबहादुर शाही पक्राउ परेका छन्। उनलाई एमालेको भ्रातृ संगठन युवासंघ नेपालका कार्यकर्ताले काठमाडौंको धापासीबाट नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन्।
उनी १६ महिनादेखि फरार थिए। विनोद २१ जेठमा २०७९ मा मृत फेला परेका थिए। १७ जेठमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच अछामको पञ्चदेवलमा विवाद भएको थियो। सो विवादलगत्तै बेपत्ता भएका शाहीको चार दिनपछि शव भेटिएको थियो।
घटनामा संलग्नहरूले शक्ति केन्द्रको आडमा उन्मुक्ति पाएको पीडित परिवारको आरोप छ। फरार रहेकाहरूलाई पक्रेर कारबाही गर्नुको साटो पीडित परिवारलाई उल्टै धाकधम्की दिन थालेपछि मृतकका दाइ बखतबहादुर शाही १० जनाको टोलीसहित अछामबाट काठमाडौं आएर युवासंघ गुहारेका थिए।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया