Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०३ फागुन २०८२
प्रचलनमा:
ताजा अपडेट
श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान

निर्धन उत्थान लघुवित्त अमरगढीद्धारा बिमा बाफतको रकम भुक्तानी

निर्धन उत्थान लघुवित्त अमरगढीद्धारा बिमा बाफतको रकम भुक्तानी

धनगढी । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय अमरगढी डडेल्धुराले ग्रामिण कर्जा बिमा बाफतको रकम भुक्तानी गरेको छ । 

जिल्लाको अमरगढी अगरगढी नगरपालिका वडा नं. ३ गुजरलेकमा संचालित गुजरलेक महिला समूह सदस्य स्व. कौशिल्ला देवी पल्लेको पति श्री रामी पल्लेलाई भुक्तानी गरेको छ । 

बुधबार अमरगढी नगरपालिकाको ३ वडा कार्यालयको सभाहलमा एक कार्यक्रमका बिच वडाध्यक्ष तिर्थ बहादुर ऐरको प्रमुख आथित्यमा मृतकका सदस्यको पति रामी पल्लेलाई ग्रामिण कर्जा बिमा बाफतको रकम छ लाख पचास हजार भुक्तानी गरेको निर्धन उत्थान लघुवित्तका शाखाका शाखा प्रबन्धक धु्रवराज जोशीले जानकारी दिए । 

उक्त कार्यक्रमलाई वडा अध्यक्ष ऐरले सम्बोधन गर्दे निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले गांउँघरका विपन्न महिला दिदीबहिनीहरुलाई विना धितो सामूहिक जमानिमा उत्पादनमुलक क्षेत्रमा कर्जा लगानी गर्नुका साथै लघुविमा पनि गर्ने गरेकोले समाजमा महिला दिदीबहिनी उद्यमशिल हुंने र उनीहरु आर्थिक रुपमा सबल हुंने गरेको र आगामी दिनमा संस्थाको कार्यक्षेत्र विस्तारको लागि आफुले अहम भूमिका खेल्ने प्रतिबद्धता अध्यक्ष ऐरले बताए । 

संस्थाले आफना ग्राहक सदस्यहरुलाई आय स्तर बृद्धिका लागि लघुउद्यमशिलता सिप विकास (बाख्रापालन, कुखुरापालन, तरकारी खेती, पशुपालन) तालिम तथा वित्तीय साक्षरता तालिम प्रदान गर्दे आईरहेको छ । साथै गैर आर्थिक कारोबार सामाजिक उत्तरदायित्व अन्र्तगत दिने सेवाहरुमा शिक्षा क्षेत्रमा संस्थामा आबद्ध रहेका सदस्यहरुका गरिब तथा जेहेन्दार छोराछोरीलाई हरेक वर्ष २ जनालाई छात्रबृती प्रदान, घातक रोग लागेका सदस्य तथा एकाघरका परिवारका सदस्यहरुलाई राहत स्वरुप सहयोग, सदस्यहरुलाई सुत्केरी पोषण खर्च, सदस्यहरुलाई दैविक प्रकोप कार्यमा राहत वितरण, संस्थाका प्रमुख कार्यकारी अधिकृतको उद्यमशिलता संदेश, सदस्य तथा सदस्यका पतिको लघु बिमा सम्बन्धी राहत वितरण गर्दे आइरहेको छ । संस्थामा ग्रामिण महिला दिदीबहिनीहरुलाई समूहमा आवद्ध गराई लघु कर्जा, लघु बचत, लघु बिमा र रेमिटान्स सेवा दिइरहेको शाखा प्रबन्धक जोशीले बताए । 

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले विगत ३० वर्षदेखि देशभरका ७७ वटै जिल्लामा १८५ शाखा कार्यालय, १० क्षेत्रीय कार्यालय र काठमाण्डौमा केन्द्रीय कार्यालय रहि सेवा दिईरहेको छ । 
 

प्रतिक्रिया