ताजा अपडेट
सेनामा जागिर लगाइदिने भन्दै ठगी गर्ने तीन जना कारागार चलान
दार्चुला । नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका आठ जनामध्ये तीन जना कारागार चलान भएका छन्।
विभिन्न व्यक्तिहरूबाट रकम संकलन गरी नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका आठ जनामध्ये तीन जनालाई कारागार चलान गरिएको छ। जिल्ला अदालतले दार्चुलाका न्यायाधीश खेमराज भट्टको एकल इजालसले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।
जिल्ला अदालत दार्चुलाका सूचना अधिकारी गणेश विष्टका अनुसार करागार चलान हुनेमा महाकाली नगरपालिका–३ बाँजका २७ वर्षीय नरेन्द्रसिंह महर, ३८ वर्षीय रुकुमसिंह महर, मालिकार्जुन गाउँपालिका–३ का ५१ वर्षीय श्यामसिंह धामी रहेका छन्। यस्तै, अन्य पाँच जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया