ताजा अपडेट
सेनामा जागिर लगाइदिने भन्दै ठगी गर्ने तीन जना कारागार चलान
दार्चुला । नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका आठ जनामध्ये तीन जना कारागार चलान भएका छन्।
विभिन्न व्यक्तिहरूबाट रकम संकलन गरी नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका आठ जनामध्ये तीन जनालाई कारागार चलान गरिएको छ। जिल्ला अदालतले दार्चुलाका न्यायाधीश खेमराज भट्टको एकल इजालसले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।
जिल्ला अदालत दार्चुलाका सूचना अधिकारी गणेश विष्टका अनुसार करागार चलान हुनेमा महाकाली नगरपालिका–३ बाँजका २७ वर्षीय नरेन्द्रसिंह महर, ३८ वर्षीय रुकुमसिंह महर, मालिकार्जुन गाउँपालिका–३ का ५१ वर्षीय श्यामसिंह धामी रहेका छन्। यस्तै, अन्य पाँच जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया