ताजा अपडेट
कृष्णपुरका १५ विद्यालयलाई शैक्षिक सामाग्री वितरण
अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाभित्रका १५ विद्यालयलाई शैक्षिक सामग्री वितरण गरिएको छ । नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) कञ्चनपुरले वल्र्ड भिजन ईन्टरनेसनल नेपालको साँझेदारीमा नगरका १५ वटा विद्यालयहरुमा शैक्षिक सामग्री वितरण गरेको हो ।
संघले नगरमा सञ्चालन गर्दै आइरहेको समावेशी गुणस्तरिय शिक्षा परियोजना अन्र्तगत नगरप्रमुख हेमराज ओझामार्फत विद्यालयहरुलाई शैक्षिक सामग्री वितरण गरिएको संघका बाल संरक्षण अधिकृत गणेश भुलले जानकारी दिए । परियोजनाले सहकार्य गरिरहेका १५ विधालयमध्ये ५ वटा विद्यालयका बालविकास केन्द्रहरुलाई प्रतिकेन्द्र ६ का दरले ३० वटा सिकाई कुना -याकहरु र ५ वटा सुज -याकहरु, १५ वटै विद्यालयमा कक्षा १ र २ का लागि प्रतिविद्यालय २ वटा बुक -याकहरु गरि ३० वटा बुक -याकहरु र ७ वटा विद्यालयहरुलाई बाल सहज सिकाई शैक्षिक सामाग्री वितरण गरिएको उनले बताए ।
उनका अनुसार उक्त सामग्रीहरु नगरप्रमुख ओझालाई हस्तान्तरण गरिएको हो । आधारभूत तहमा अध्ययनरत अति जोखिममा रहेका बालबालिकाहरुको समावेशी र गुणस्तरिय शिक्षामा समतामुलक पहुँचमा सुधार ल्याउने लक्ष्य लिएर परियोजना सञ्चालन गरिएको उनले बताए ।
परियोजना नगरका ५ वटा वडामा संचालन भइरहेको आयोजक संस्थाका कार्यक्रम संयोजक रामेश्वर जैरुले जानकारी दिए । उनले सो परियोजनामार्फत वितरण भएका शैक्षिक सामाग्रीले समावेशी शिक्षा र विधार्थीहरुको दिगो सिकाईमा टेवा पु-याउने विश्वास रहेको समेत बताए । उनका अनुसार ४ लाख ८० हजार बराबरको शैक्षिक सामाग्री वितरण गरिएको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया