Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०७ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

धनगढीमा शारीरिक सुगठन प्रतियोगिता हुने

धनगढीमा शारीरिक सुगठन प्रतियोगिता हुने

धनगढी । सुदूरपश्चिम प्रदेशको धनगढीमा पहिलो पटक शारीरिक सुगठन (बडी बिल्डिङ च्याम्पेयन) प्रतियोगिता हुने भएको छ ।

फारवेष्ट फिटनेस एण्ड स्पोट्र्स क्लबको आयोजनामा यहि असोज १२ र १३ गते प्रतियोगिता आयोजना गरिने सोमबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।

शारीरिक सुगठनको खेलको जग सुदूरपश्चिम प्रदेशमा बसाल्न तथा खेलाडीहरु उत्पादन गर्दै यो क्षेत्रको देशभरी पहिचान गराउन र लागुऔषध दुव्र्यशनी रोक्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिन लागेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथमलाई नगद २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार नगदसहित अन्य जिन्सी प्रदान गरि पुरस्कृत गरिने छ । प्रतियोगितामा सहभागी हुने प्रतियोगिले एक हजार दर्ता शूल्क बुझाउनु पर्ने क्लबका अध्यक्ष मोहन तामाङले बताए । ‘सहभागिताका लागि यहि भदौ १५ गतेदेखि असोज ५ गतेसम्म फाराम भर्नका लागि खुल्ला रहने छ’ उनले भने –‘यो खेल खुल्ला पुरुष शाररिक र शाररिक सुगठन खुल्ला गरि दुई बिद्यामा खेलाईने छ । खेलमा कुनै पनि उमेर समुहका व्यक्तिहरुले भाग लिने सक्नेछन् । प्रदेशस्तरिय प्रतियोगिता भएकाले सुदूरपश्चिमका सम्पूर्ण व्यक्तिहरुले भाग लिन पाउने छन् ।’
उनका अनुसार खेलको पहिलो दिन व्यक्तिहरुको तौल र उचाई मापन गरिने छ भने दोस्रो दिन सहभागिहरुको पूर्व निर्णय तथा अन्तिम निर्णय लिइने छ । 
उनले भने –‘यो खेलको बारेमा धेरै जना अनबिज्ञ रहेकोले यस खेलको बारेमा सबैलाई जानकारी दिन चाहन्छौं । प्रतियोगिताले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिएको छु ।’

प्रतिक्रिया