Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदै छ । मौलिक पर्वका रूपमा हरेक वर्ष भदौं १ गतेका दिन सुदूरपश्चिमका पहाडी समुदायले ओल्के पर्व मनाउने गर्दछन् । आल्के पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा समेत दिएको छ ।

उपहार वा सगुनलाई ओल्को भन्ने गरिन्छ । यो पर्वका दिन विवाहित छोरी चेलीलाई माइतीघरमा आमन्त्रण गरेर मिठा मिठा खानाका परिकार बनाई खुवाउने गरिन्छ । त्यस्तै आफन्त र छरछिमेकहरूलाई कर्कलोका पात, केरा, दूध, दही जस्ता वस्तुहरू सम्मान स्वरूप वितरण गर्ने प्रचलन पनि छ । विवाह भएको पहिलो साउन मनाउन महिनाभर माइतीघर गई बसेकी नव विवाहित नारी ओल्के पर्व मनाएर घर फर्किने गर्दछन् । 

ओल्के पर्वकै दिन गाउँ गाउँमा सबैको पायक पर्ने स्थानमा रूख बिरुवाका हाँगाबिँगा काटेर एक ठाउँमा थुप्रो बनाई बूढी हाल्ने गरिन्छ । सोही थुप्रोमा दैनिक रूपमा गोठालाहरूले हाँगाबिँगा थप्दै जाने र असोज सङ्क्रान्तिका दिन साँझपख गाउँभरका सबै जना जम्मा भएर बूढी पोल्ने प्रचलन छ । भगवान् श्रीकृष्णलाई आफ्नो दूध पिलाएर मार्न खोज्ने राक्षसनी पूतनालाई उल्टै दूध चुसिचुसी भगवान् श्रीकृष्णले मारेको खुसीयालीमा बुढी पोल्ने प्रचलन रहेको प्राध्यापक एवं ज्योतिष पण्डित यज्ञराज पन्तको भनाइ छ । पूतना राक्षसनीकै प्रतिकका रूपमा रुखका हाँगाबिँगाको थुप्रो बनाई बुढी हाल्ने र महिना दिन पछि बुढी पोल्ने गरिन्छ ।

प्रतिक्रिया