ताजा अपडेट
डा. केसीले भदौ ११ बाट सत्याग्रह थाल्ने
डा. गोविन्द केसीले भदौ ११ गतेदेखि सत्याग्रह थाल्ने भएका छन्। साउन ११ गते तीन बुँदे मागसहित सरकारलाई तीन साताको अल्टिमेटम दिएका डा. केसीले थप १० दिन सत्याग्रह स्थगन गरेका हुन्। त्यस अवधिभित्र पनि माग सुनुवाइ नभए भदौ ११ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा उनले गरे। यसबीचमा गाउँमा स्वास्थ्य सेवा दिन जाने उनले बताए। सत्याग्रह कहाँ बस्ने भन्नेबारे उनले खुलाउन चाहेनन् ।
कर्णालीका दुर्गम बस्तीमा स्वास्थ्य शिविर चलाउँदै जुम्ला पुगेका डा. केसीले पत्रकार सम्मेलनको आयोजना गरेर सरकार कर्णालीको स्वास्थ्य सेवाप्रति जिम्मेवार बन्न नसकेको आरोप लगाए। डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा तत्काल पूर्वाधार र जनशक्ति पु¥याएर एमबिबिएसलगायत कार्यक्रम सञ्चालन गर्न माग गरेका हुन्। उनले कर्णाली प्रतिष्ठानको स्नातकोत्तर तहको अनुमति प्रधानमन्त्री केपी शर्मा ओलीले नाजायज रूपमा रोकिराखेको आरोप लगाए । नागरिक
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया