Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

सुदूरपश्चिममा 'ओल्के' पर्व मनाईँदै

सुदूरपश्चिममा 'ओल्के' पर्व मनाईँदै

हाम्रो बुलेटिन  अछाम

सुदूरपश्चिमका पहाडी समुदायले आज ओल्के पर्व मनाउँदै छन् । प्रत्येक वर्षको भदौ १ गतेका दिन मनाइने यो पर्वमा आफ्ना आफन्तहरूलाई सम्मान स्वरुप कोशेली तथा उपहार सहित ढोग भेट गर्न जाने चलन रहेको छ ।

यो पर्वमा विशेषगरी ओल्कोको रूपमा फलफुल, सागपात, अन्न, दूध, दही, घिऊ, गूड, पक्वान आदि मान्यजन र आफन्तकहाँ पठाइन्छ । यद्यपि पछिल्लो समयमा लुगाकपडा, रुपैयाँ पैसा वा यस्तै अन्य उपहार समेत दिने प्रचलन बढ्दै गएको छ । यसका अतिरिक्त ईष्टकुल देवताको मन्दिरमा नयाँ अन्नबालीको ओल्को समेत न्वागीका रुपमा चढाइन्छ । त्यस्तै, गाउँका गोठालो जाने केटाकेटीहरुले रूखका हांगाविंगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाई बूढी हाल्ने गर्दछन् र त्यसलाई असोज संक्रान्तिको साँझ पोलेर 'बूढी पोल्ने 'पर्व मनाउने परम्परा पनि रहेको छ । ओल्केको अर्थ आफूभन्दा ठूलो र सम्मानित घरपरिवार वा व्यक्तिलाई दिइने सगुन वा उपहार हो ।

ओल्के चाडको दिन गाउँ नजिकको डाँडामा जम्मा भएर रूखबिरुवाका हाँगा र झ्याङ काटेर एक ठाउँमा थुप्रो बनाउने गरिन्छ । यसलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भनिन्छ । यसरी बनाइएको थुप्रोलाई असोज संक्रान्तिका साँझ गाउँका सबै जना ‘बूढी हालेको’ भेला भएर पोल्ने गर्छन् । यसलाई ‘बूढी पोल्ने’ भनिन्छ । बूढी पोल्ने काम सकिएसँगै गाउँमा अनिष्ट एवं कुनै रोगको महामारी नआउने विश्वास पनि कतिपय समुदायको छ । आफ्ना मान्यजन, इष्टमित्र, छरछिमेकीलाई सगुनका रुपमा पिँडालुको गाभा अर्थात् कलिलो पात, दूध, दही दिएर स्वागत गर्ने विशिष्ट खालको मौलिक परम्परा सुदूरपश्चिममा छ । यो पर्वका दिन विवाहिता छोरीलाई माइतीमा आमन्त्रण गरेर सेलरोटी, माणा, निसौसे, डुब्कालगायतका मिष्ठान्न परिकार खुवाउने प्रचलन छ । खासगरी पहाडी क्षेत्रमा बसोबास रहेकाहरुले ओल्के चाडमा भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिँधेर बनाइएको लेदो हत्केला र खुट्टाको औँलामा लगाएर रङ्गाई रमाउने पनि गर्दछन् । यसरी पिँधेर लगाइएको भँगेरीको लेदोबाट हत्केला र खुट्टाको औंलाको छाला रातो हुने भई यसले वर्षातको मौसममा खेतबारीमा काम गर्दा हात र खुट्टामा देखिने छालासम्बन्धी रोगको संक्रमणबाट बच्न सकिने जनविश्वास रहेको छ ।

शदियौंदेखि मनाइँदै आएको यो चाडलाई पछिल्लो पुस्ताले प्राथमिकता दिन छाडेको मंगलसेन ५ का स्थानीय उदयराम सुवेदी बताउछन् ।स्थानीय परशुराम ओझा बताउँछन् । युवा पिँढीबीच यो पर्वले प्राथमिकता नपाउँदा मौलिक संस्कृति बोकेको ओल्के जस्ता चाड पर्वहरुको मौलिकता नै हराउने खतरा बढेको भन्दै सुदूरपश्चिमेली समुदायमा चिन्ता व्यक्त हुन थालेको छ ।

पश्चिमा संस्कृतिको बढ्दो प्रभावस्वरुप नेपाली समाजमा शदियौंदेखि मनाइँदै आएका कतिपय चाड पर्वहरु विस्तारै हराउन थालेकाले आफ्नो ऐतिहासिक सभ्यता र संस्कृतिको पहिचान बोकेका यस्ता चाड पर्वको संरक्षणका लागि सरोकारवालाले जाग्नुपर्ने समय आएको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया