Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०२ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद

नेपाली सेनाले अराजक गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरेको छ। बुधबार विहान १० बजेको अपडेटमा नेपाली सेनाले २७ जना पक्राउ गरेको जानकारी दिएको हो। पक्राउ पर्नेहरू विषम परिस्थितिको अनुचित फाइदा उठाइ लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उशृंखल गतिविधिमा संलग्न रहेको सेनाले जनाएको छ।

Read more

अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै

अछाम जिल्लाको साँफेबगरवासीका लागि लामो समयदेखिको ठूलो सपना अब साकार हुँदैछ। गृह मन्त्रालयले हालै प्रस्तुत गरेको प्रस्ताव अनुसार साँफेबगरमा नयाँ इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ। यो निर्णय केवल मन्त्रालयस्तरको पहल मात्र होइन, स्थानीय स्तरमा निरन्तर दबाब र नेतृत्वको परिणाम पनि हो। यस अभियानमा साँफेबगर नगरपालिकाका मेयर राजेन्द्र बहादुर कुँवरको सक्रियता र लामो समयदेखिको अथक प्रयास प्रमुख रहेको छ।

Read more

“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान

गुल्मपति अनुपम अर्यालको नेतृत्वमा खप्तड राष्ट्रिय निकुञ्जका विभिन्न क्षेत्र सफा, प्रशासन र स्थानीयको संयुक्त सहभागिता

Read more

खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

प्राकृतिक सम्पदा तथा धार्मिक महत्वले प्रख्यात खप्तड राष्ट्रिय निकुञ्जको कोर इलाकामा अवस्थित खाप्पर दहमा यस वर्षको “खाप्पर दह मेला–२०८२” भव्य रूपमा सम्पन्न भएको छ। प्रत्येक वर्ष जनैपूर्णिमाको अवसरमा लाग्ने यो मेलामा बझाङ, बाजुरा तथा आसपासका जिल्लाका स्थानीय भक्तजनहरूको उल्लेख्य सहभागिता रहने गर्दछ।

Read more

साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा

साँफेबगर, अछाम – अछाम जिल्लास्थित साँफेबगर नगरपालिकाले स्थानीय उत्पादनको बजार पहुँचलाई सुनिश्चित गर्दै उपभोक्तालाई सस्तो मूल्यमा खाद्य वस्तु उपलब्ध गराउने उद्देश्यले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग औपचारिक सम्झौता गरेको छ। यो सम्झौता साँफेबगर नगरको खाद्य सुरक्षाको अभिवृद्धि, कृषक उत्पादनको बजारीकरण र स्थानीय आर्थिक सुदृढीकरणतर्फको महत्त्वपूर्ण र ऐतिहासिक कदम मानिएको छ।

Read more

अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

संयुक्त अरब इमिरेट्स (युएई) मा क्रियाशील अछामी सम्पर्क समितिको प्रथम महाधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। महाधिवेशनबाट आगामी दुई वर्षे कार्यकाल (२०२५–२०२७) का लागि नयाँ केन्द्रिय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। अछाम जिल्लाबाट वैदेशिक रोजगार र व्यवसायका लागि युएईमा रहेका नेपालीहरूको साझा एकता र पहिचान मजबुत बनाउने उद्देश्यसहित स्थापना गरिएको यस समितिले अब औपचारिक संरचना तयार गर्दै नयाँ नेतृत्व पाएको हो।

Read more

दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण

नयाँ सहर आयोजनाले साँफेबगर नगरपालिकालाई खेलकुद मैदान हस्तान्तरण गरेको छ । नयाँ सहर आयोजनाद्धारा दश करोड लागतमा निमार्ण गरिएको नगर खेलकुद मैदान आज औपचारिक रुपमा साँफेबगर नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

Read more

साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा रहेको साँफेबगर नगरपालिकाले कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ। नगरपालिकाको कृषि तथा पशु सेवा शाखाको आयोजनामा नगरसभा हलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रूपमा नगर प्रमुख राजेन्द्र बहादुर कुँवर रहनुभएको थियो ।

Read more

अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

अछाम जिल्लामा आफूलाई संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को सुदूरपश्चिम प्रदेश इञ्चार्ज भन्दै स्थानीय युवतीहरूलाई जागिर लगाइदिन्छु भनी भ्रममा पारेर गाउँ-गाउँमा तथ्यांक संकलन गर्दै आएको एक शंकास्पद समूह फेला परेको छ। स्रोतका अनुसार, दुई जना किशोरीलाई कर्मचारीका रूपमा प्रयोग गरेर उनीहरूले स्थानीय तहको अनुमति बिना विभिन्न गाउँहरूमा तथ्य संकलन गर्ने, व्यक्तिगत विवरण लिने, र गाउँपालिका तथा वडास्तरीय कार्यालयहरूमा समेत भ्रमण गर्ने जस्ता गतिविधि गर्दै आएका थिए।

Read more

बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो

सुदूरपश्चिम प्रदेश सरकारले अछामको बयालपाटा अस्पतालको पूर्ण स्वामित्व ग्रहणको प्रक्रियालाई औपचारिकता दिएको छ। २०८२ साल भदौ १ गतेदेखि अस्पताल पूर्णरूपमा प्रदेश सरकारको मातहतबाट सञ्चालनमा आउनेछ।

Read more

साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न

साँफेबगर नगरपालिकाको न्यायिक समितिको आयोजना र प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालको सहकार्यमा मेलमिलापकर्ताहरूका लागि सञ्चालन गरिएको ८ दिने आधारभूत तालिम सफलतापूर्वक सम्पन्न भएको छ। “दिगो शान्तिका लागि उत्कृष्ट सम्बन्ध” भन्ने नारासहित सञ्चालित तालिम २०८२ असार १२ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिएको हो।

Read more

साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित

साँफेबगर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु. ७१ करोड १२ लाख ६६ हजार २ सय १ को बजेट सर्वसम्मत पारीत गरेको छ । साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको नगर सभाको दोस्रो बैठकले साँफेबगर नगरपालिकाका उपप्रमुख शिव बहादुर कुँवर (शिलोज)ले प्रस्तुत गर्नु भएको उक्त बजेटमा छलफल गरीएपछि सर्बसम्मत पारीत गरेको हो ।

Read more

साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी

अछाम जिल्ला, साँफेबगर नगरपालिका स्थायी घर भई हाल काठमाडौंको अनामनगरमा बसोबास गर्दै आउनु भएका ५५ वर्षीय शिक्षक जगत बहादुर कुँवर आज बिहानदेखि सम्पर्कविहीन भएका छन्। परिवारका अनुसार कुँवर आज बिहान ५ बजे मर्निङ वाक (बिहानको हिँडडुल) का लागि घरबाट निस्किनु भएको थियो। तर सो समयपछि हालसम्म उहाँ घर फर्किनु भएको छैन र कुनै पनि माध्यमबाट सम्पर्क हुन सकेको छैन।

Read more

विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै

विगत तीन वर्षदेखि निरन्तर गरिएको छलफल, समन्वय र तयारीपछि साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। संघ गठनको औपचारिक घोषणा यही शुक्रबार हुने बताइएको छ।

Read more

बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट

बैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिले बैद्यनाथ धाम–रिडिकोट जोड्ने झुलङ्गे पुललाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने उद्देश्यले सिंगारिएको छ। हालै सम्पन्न साजसज्जा कार्यपछि यहाँ फोटो खिचाउने तथा टिकटक भिडियो बनाउने युवायुवतीहरूको घुइँचो लाग्न थालेको छ।

Read more

गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न

साँफेबगर नगरपालिका वडा नं १२ खप्तडमा गर्भवती आमा सुरक्षा पोषण सामग्री वितरण तथा महिला स्वास्थ्य स्वयंसेविका र आमा समूह प्रोत्साहन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। वडाको आयोजनामा सम्पन्न कार्यक्रमले मातृस्वास्थ्य, पोषण र स्थानीयस्तरमा महिलाको सक्रिय भूमिकालाई सशक्त बनाउने उद्देश्य राखेको थियो।

Read more

रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास

साँफेबगर नगरपालिका–७ रिडिकोटमा बासीरुख बृहत् खानेपानी योजना अन्तर्गत डिप बोरिङ हान्ने कार्य औपचारिक रूपमा सुरू गरिएको छ। संघीय खानेपानी तथा ढल निकास कार्यालय धनगढीबाट ठेक्का प्रक्रिया पूरा गरी करिब ३० लाख रुपैयाँको लागतमा यो योजना अगाडि बढाइएको हो।

Read more

साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड

साँफेबगर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु. ७१ करोड १२ लाख ६६ हजार २ सय १ को बजेट सार्वजनिक गरेको छ। साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको नगर सभामा निति तथा कार्यक्रम र बार्षिक बजेट साँफेबगर नगरपालिकाका उपप्रमुख शिव बहादुर कुँवर (शिलोज)ले प्रस्तुत गर्नु भएको उक्त बजेटमा जनमुखी सेवा, समावेशी विकास र भौतिक पूर्वाधार विस्तारलाई मुख्य प्राथमिकतामा राखिएको छ।

Read more

साँफेबगरको नीति तथा कार्यक्रमः समृद्धि, समावेशिता र सम्भावनाको नयाँ योजना सार्वजनिक

साँफेबगर, अछाम, १० असार २०८२ – सुदूरपश्चिम प्रदेशको अछाम जिल्लास्थित साँफेबगर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम, र बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख राजेन्द्र बहादुर कुँवरको अध्यक्षतामा आयोजित १४औं नगरसभामा उपप्रमुख शिव बहादुर कुँवरले प्रस्तुत गरेको बजेटले समृद्ध, आत्मनिर्भर, र समावेशी नगरपालिका निर्माणको दृष्टिकोणलाई जोड दिएको छ । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद शर्मा, १४ वटै वडाका वडा अध्यक्ष, नगर कार्यपालिकाका सदस्यहरु, वडा सदस्यहरु लगाएत स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

Read more

साँफेबगर नगरपालिकामा पोषण सप्ताह तथा विद्यालय स्वास्थ्य समिक्षा गोष्ठी सम्पन्न

साँफेबगर नगरपालिकामा विद्यालयस्तरिय पोषण, स्वास्थ्य र किशोरी सशक्तीकरण सम्बन्धी महत्त्वपूर्ण गोष्ठी सम्पन्न भएको छ। नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रम स्वास्थ्य शाखा र शिक्षा, युवा तथा खेलकुद शाखाको सहजिकरणमा सम्पन्न भएको हो।

Read more

साँफेबगर नगरपालिकामा नियमित खोप सुदृढिकरण तथा स्वास्थ्य योजना समिक्षा कार्यक्रम सम्पन्न

अछाम, साँफेबगर — स्थानीय तहमा स्वास्थ्य सेवा प्रवर्द्धनलाई थप प्रभावकारी बनाउन साँफेबगर नगरपालिकामा नियमित खोप सुदृढिकरण, पूर्ण खोप सुनिश्चितता, दिगोपन तथा सूक्ष्म योजना अध्यावधिक र सरसफाई प्रवर्द्धन कार्यक्रम अभिमुखिकरण तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको सो कार्यक्रममा विभिन्न वडाबाट स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रह्यो। कार्यक्रमको अध्यक्षता स्वास्थ्य शाखा प्रमुख लक्षमण नाथ योगीले गर्नुभएको थियो।

Read more

डडेल्धुराको स्याउलेमा चक्काजाम, सात पहाडी जिल्लामा आवतजावत ठप्प

डडेल्धुराको स्याउले बजारमा चक्काजाम हुँदा सुदूरपश्चिमका सातै पहाडी जिल्लाबाट आवतजावत गर्ने सवारीसाधन पूर्ण रूपमा रोकिएका छन् ।

Read more
Page 1 of 152