ताजा अपडेट
दाङमा बन्यो साइला–साइली संगठन
तुलसीपुर उपमहानगरपालिका ७ बेत्रावतीमा भएको एक भेलाले समाजसेवी साइला–साइली संगठन गठन गरेको छ ।
कम सन्तान जन्माउने क्रम बढेसँगै साइला–साइलीको पहिचान गुम्दै गएको भन्दै उनीहरुको एक भेलाले बसन्त पौडेलको संयोजकत्वमा साइला साइली संगठन गठन गरेको हो । जसमा सहसंयोजकहरु दीपक पोख्रेल र र टेकराम रिजाल रहनुभएको छ ।
संगठनले विभन्नि विभाग पनि बनाएको छ । जसअनुसार संगठन विभाग प्रमुखमा युवराज पौडेल तथा सहसंयोजकमा वीरबहादुर चौधरी र मणिराम चौधरी, आर्थिक बिभाग संयोजकमा संंयोजक वीरबहादुर ओली तथा सहसंयोजकमा यज्ञबहादुर ओली र योगेश्वर भट्टराइ रहनुभएको छ ।
संगठनलाई दाङ जिल्लाब्यापीहुँदै देशब्यापी बनाउने, चाडपर्वमा मठमन्दिर सरसफाइ गर्नेलगायतका निर्णय गरेको संयोजक पौडेलले जानकारी दिनुभयो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया