ताजा अपडेट
कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु
कञ्चनपुर । कञ्चनपुरमा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु भएको छ।
कञ्चनपुरको बेदकोट नगरपालिका-७ स्थित नारद पाण्डेले सञ्चालन गरेको क्रेसरमा भारतको साहारनपुर उत्तर प्रदेशका २५ वर्षीय फैजन भन्ने फरमान अन्सारीको बिहीवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
अन्सारीलाई क्रेसरमा काम गर्ने क्रममा मेसिनबाट करेन्टलागेर गम्भिर घाईते भएका थिए। घाइते अन्सारीको उपचारको क्रममा मन्त्र अस्पताल महेन्द्रनगरमा साँझ मृत्यु भएको हो। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया