Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

काठमाडौंका एक कोरोना संक्रमित कर्मचारीको हारगुहार : ‘मलाई बचाइदिनुहोस्’

काठमाडौंका एक कोरोना संक्रमित कर्मचारीको हारगुहार : ‘मलाई बचाइदिनुहोस्’

 

वरिष्ठ पशुस्वास्थ्य प्राविधिक म ४७ वर्षको भएँ । मेरो घर अछाम, पञ्चदेवल विनायक नगरपालिका १ ढकाल गाउँ पर्छ । केन्द्रीय पशुचिकात्सालय त्रिपुरेश्वरमा काम गर्छु । २७ वर्ष भयो जागिर खाएको । गएको साउन २७ गते स्वाव संकलन भयो । २९ गते कोरोना पोजिटिभ आयो । मसहित कार्यालयका ५ जनालाई कोरोना संक्रमण पुष्टि भयो । 

अरु सर तथा साथीहरु होम क्वारेन्टाइनमा बसेका छन् । अहिले म पनि आइसोलेशनमा बसेको छु । कार्यालयको कम्पाउण्डमा गाडी पार्किङ गर्ने ठाउँमा छुट्टै बसेको छु । अँध्यारो सानो कोठा छ बत्ति छैन । अध्याँरो कोठामा सुतेको छु । मलाई कोरोनाको लक्षण पनि देखिएको छ । 
सास फेर्न गाह्रो हुन्छ, छाती दुखिरहेको छ । टाउको दुख्छ, मेरुदण्डको पूरै भाग दुख्छ । १ सय १ देखि १ सय २ डिग्रीसम्म ज्वरो पुग्ने गरेको छ । आधा घण्टा एक घण्टासम्म हनहनी ज्वरो आउँछ । 
खान मन केही पनि लाग्दैन । बेसार, अदुवा, टिमुर, नुन, लसुन अनि गुर्जाेको रस र बोजो सेवन गरेर बसेको छु । 

भात देख्यो भने वाक्क लाग्छ । रोटी देख्यो भने पनि वाक्कै लाग्छ मलाई । दिनमा १० लिटर पानी खान्छु । यसैले म बाँचिरहेको छु अहिले । हिजो दिनभरीमा एक दाना स्याउ खाएँ । 
अहिलेसम्म कसैले केही सहयोग छैन । राज्यले अलि सहयोग गरिदिए हुनेथियो । आइसीयूमा पनि हामीले पैसा तिर्नुपर्ने हो भने त मसँग पैसा नै छैन । असार १२ गते तलब खाएको हो त्यसपछि पैसा नै छैन । 
साउनको तलबको अख्तियारी नै आएको छैन । मलाई डर के भने आईसीयूमा जानुप¥यो र रकम बुझाउनुप¥यो भने मलाई गाह्रो हुन्छ । सरकारले सहयोग गरे दुईचार दिन म आइसीयूमा बस्थेँ र स्लाइन चढाउँथे । 
मेरो परिवारमा श्रीमती र ३ सन्तान छन् । त्रिपुेश्वर कम्पेक्स, पशुस्वास्थ्य निर्देशनालयको खाली भागमा हामीले छाप्रो हालेर बसेका छौँ । 

उपचार पाएँ मलाई राम्रो हुन्थो कि भन्ने लागेको छ । जोर्नीहरु सुन्निएर साह्रै दुखेको छ । केही साथीहरुसँग अस्पतालको बेड मिलाईदिन कुरा पनि गरेको छु तर अहिलेसम्म अस्पताल जान सकेको छैन । मैले कसरी उपचार पाउँछु होला ? 

 

रातोपाटी

प्रतिक्रिया