ताजा अपडेट
एशियन लाईफ डोटी शाखाद्धारा तीज विशेष कार्यक्रम
धनगढी । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको डोटी शाखाले तिज विशेष कार्यक्रम मनाएको छ । हरितालिका तिजको अवसरलाई मध्यनजर गर्दै यस कम्पनीको डोटी शाखाले पनि उक्त कार्यक्रमको आयोजना गरी मनाएको हो ।
उक्त कार्यक्रममा महिलाहरुको महान चार्डको अवसरमा सबै कर्मचारी, अभिकर्ता लगायत सबै नेपाली महिलाहरुलाई शाखा प्रबन्धक नवराज पण्डितले अग्रिम शुभकामना प्रदान गरेका छन् ।
पछिल्लो समय महिला वर्गलाई आर्कषण गरेको तिजले संजालमा सबै बर्ग जातजाति र उमेर समुहलाई तानेको छ । तिज मनाउन हुरुक्क हुँदै रेष्टुरा, होटल र पार्टी प्यालेसमा भेला भई दरसँगै रमाईलो गर्नमा महिलाको मोह गडेको छ । यसै कारण पनि पछिल्लो समय बैंक तथा बीमा कम्पनीहरुले पनि तिज कार्यक्रमलाई प्राथमिकतामा राखेर तिज मनाउँदै आइरहेका छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया