ताजा अपडेट
महाकाली नदिमा बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह
महेन्द्रनगर,२४ भदौ । महाकाली नदिमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखालले जनाएको छ । देशका अधिकांश ठूला नदीमा आज पानीको बहाव सामान्य घटबढ हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको हो ।
बैतडीसहित देशका विभिन्न ठाउँमा वर्षा भैरहेको छ ।वर्षाका कारण नदिहरुमा जलसतह बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । वर्षाका कारण बैतडी, दार्चुला, डडेलधुरा, बझाङ, अछाम, बाजुरा, डोटी कैलाली, कञ्चनपुर भएर बहने नदिहरुमा जलसतह बढ्ने भन्दै सर्तकता अपनाउन आग्रह गरिएको हो ।
यस्तै संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, म्याग्दी, सल्यान, रुकुम पश्चिम, जाजरकोट, डोल्पा, मुगु, दैलेख, कालीकोट, दाङ, बाँके, बर्दिया, भई बहने केही साना नदीमा बहाव सामान्य बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ।
अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, वाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा जलसतह सामान्य बढ्ने महाशाखाले जनाएको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया