ताजा अपडेट
महाकाली नदिमा बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह
महेन्द्रनगर,२४ भदौ । महाकाली नदिमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखालले जनाएको छ । देशका अधिकांश ठूला नदीमा आज पानीको बहाव सामान्य घटबढ हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको हो ।
बैतडीसहित देशका विभिन्न ठाउँमा वर्षा भैरहेको छ ।वर्षाका कारण नदिहरुमा जलसतह बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । वर्षाका कारण बैतडी, दार्चुला, डडेलधुरा, बझाङ, अछाम, बाजुरा, डोटी कैलाली, कञ्चनपुर भएर बहने नदिहरुमा जलसतह बढ्ने भन्दै सर्तकता अपनाउन आग्रह गरिएको हो ।
यस्तै संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, म्याग्दी, सल्यान, रुकुम पश्चिम, जाजरकोट, डोल्पा, मुगु, दैलेख, कालीकोट, दाङ, बाँके, बर्दिया, भई बहने केही साना नदीमा बहाव सामान्य बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ।
अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, वाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा जलसतह सामान्य बढ्ने महाशाखाले जनाएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया