ताजा अपडेट
कोरोना संत्रास सकिने बित्तिकै युवा संजाल अछामको अधिबेशन हुने ।
कमला खत्रि, भदौ २ अछाम
जिल्ला युवा संजाल अछामको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । जिल्ला अध्यक्ष होम बहादुर साउदको अध्यक्षतामा बसेको बैठकले तत्काल संञ्जालको जिल्ला अधिबेशन नगर्ने निर्णय गरेको छ । बिश्वब्यापि रुपमा महामारीको रुपमा फैलिएको कोरोनाभाईरसको जोखिमका कारण हालको अबस्थामा साधारण सभा –अधिबेशन) गर्न सक्ने अबस्था नरहेकाले कोरोना संत्रास सकिने बित्तिकै निकट भबिष्यमा साधारण सभा गर्ने निर्णय गरिएको हो ।
मंगलसेन नगरपालीकामा बसेको बैठकले संजालको सदस्यता बृद्धिका लागि यसअघि वितरण भएका ठेली संकलन गर्ने र नयाँ सदस्यता वितरणका लागि हरेक स्थानिय तहमा प्रक्रिया अघि बढाउनुका साथै साधारणका लागि १ सय र आजिवनका लागि ५ सय कार्यम गर्ने लगाएतका निर्णय पारित गरिएका छन । संजालका पदाधिकारी, सदस्यको सहभागिता रहेको बैठकको संञ्चालन सचिब कमल रावलले गर्नु भएको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया