ताजा अपडेट
११ जनाको खोजी कार्य तदारुकताका साथ अघि बढाउन नेपाली काङ्ग्रेस मलातीकोटको माग
नेपाली काङ्ग्रेस रामारोशन गाउँपालिका वडा नम्बर १ वडा कार्यसमिति मलातीकोटले बाढिले बगाउँदा बेपत्ता भएका ११ जनाको खोजी कार्य तदारुकताकासाथ अघि बढाउन माग गरेको छ । आज प्रेस बिज्ञप्ती जारी गर्दे १७ जना मध्ये ६ जनाको शब भेटिसकेको र अन्य ११ जनाको पनी खोजी कार्य तिब्र पार्न जोडदार माग गरेको हो ।
रामारोशन गाउँपालिका यति बेला सोकमा डुबेको छ ,बाढी पहिरोका कारण बगेको सैनी बजार र बाढी प्रभावित मुजाबगर ,खाल बजार घट्टे बगरका बाढी प्रभावित लाई तत्काल राहत, उद्धार तथा पुनः स्थापना लागि पहल गर्न स्थानीय प्रदेश सरकारसंग माग गर्दछौ बिज्ञप्तीमा भनिएको छ । बाढीपहिरो पछि सडक संजाल बिच्छेद भएको रामारोशन गाउँपालिकामा यातायात सेवा सुचारु गर्नका लागि बैकल्पिक ब्यवस्थाका लागि आवश्यक तत्परता देखाउन स्थानीय प्रशासन सहित सम्बन्धित पक्षको ध्यानाकर्षण गराईएको छ । वडा सभापति नवराज साउदद्धारा हस्ताक्षरित बिज्ञप्तीमा नेपाली काग्रेसका सम्पुर्ण नेता कार्यकर्तालाई राहत र उद्धार खट्न आग्रह गरिएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया