Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बाढी पहिरो पिडित क्षेत्र रामारोशनका लागि सहयोग जुट्दै, समाजसेवी स्वाँर र ठकुल्लाले गरे ७५ हजार बढी सहयोग

बाढी पहिरो पिडित क्षेत्र रामारोशनका लागि सहयोग जुट्दै, समाजसेवी स्वाँर र ठकुल्लाले गरे ७५ हजार बढी सहयोग

अछाम – नेपाली कांग्रेस रामारोशन गाँउपालिकाले उक्त क्षेत्रमा आएको बाढी पहिरोबाट बेपत्ता परिवार र पिडित समुदायका लागि आर्थिक सहयोग संकलन अभियान गरिरहेको छ ।

बिपदको सामना गर्न पिडितहरुको घाउमा मलहम लगाउन सहयोग अभियान थालनी गरिएको राहत संकलन तथा उद्धार समितीका संयोजक पुष्प बिष्टले बताए ।

सोही अन्र्तगत आईतबार २ जना समाजसेवीले आर्थिक सहयोग गरेका छन् । बान्नीगढी जगयढ गाँउपालिका वडा नं. २ जनालीकोटका यूवा व्यावसायी बिष्णु स्वार र साँफेबगर नगरपालिका वडा नं. ५ नवाठाना घर भई हाल नेपाली कांग्रेस अछाम काठमाण्डौँ सम्पर्क समितीका उपाध्यक्ष समाजसेवी नेता भक्त ठकुल्लाले सहयोग गरेका छन् ।

स्वारले नगद ५० हजार १ सय ५१ तथा ठकुल्लाले २५ हजार सहयोग गरेका हुन् । यसअघि कांग्रेसका ३ जना नेता तथा समाजसेवी बिनय रावल, बिष्णु बहादुर शाह र राजेन्द्र बहादुर शाहले करिब ढाई लाख बढी सहयोग गरेका थिए   ।

सहयोग आउनेक्रम जारी रहेको र सहयोग अभियानमा सबैले हातेमालो गर्न आग्रह गरिएको संयोजक बिष्टको भनाई छ । कैलाश खोलमा आएको बाढीले गर्दा त्यस क्षेत्रको सैनीबजार सहित २२ घर बगाएको थियो ।

१७ जना बाढी संगै बेपत्ता भएका थिए भने अझै १० जनाको शब फेला पर्न सकेको छैन । खोजी कार्य निरन्तर भईरहेको अछाम प्रहरीको भनाई छ ।

प्रतिक्रिया