Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

बाढी पहिरो पिडित क्षेत्र रामारोशनका लागि सहयोग जुट्दै, समाजसेवी स्वाँर र ठकुल्लाले गरे ७५ हजार बढी सहयोग

बाढी पहिरो पिडित क्षेत्र रामारोशनका लागि सहयोग जुट्दै, समाजसेवी स्वाँर र ठकुल्लाले गरे ७५ हजार बढी सहयोग

अछाम – नेपाली कांग्रेस रामारोशन गाँउपालिकाले उक्त क्षेत्रमा आएको बाढी पहिरोबाट बेपत्ता परिवार र पिडित समुदायका लागि आर्थिक सहयोग संकलन अभियान गरिरहेको छ ।

बिपदको सामना गर्न पिडितहरुको घाउमा मलहम लगाउन सहयोग अभियान थालनी गरिएको राहत संकलन तथा उद्धार समितीका संयोजक पुष्प बिष्टले बताए ।

सोही अन्र्तगत आईतबार २ जना समाजसेवीले आर्थिक सहयोग गरेका छन् । बान्नीगढी जगयढ गाँउपालिका वडा नं. २ जनालीकोटका यूवा व्यावसायी बिष्णु स्वार र साँफेबगर नगरपालिका वडा नं. ५ नवाठाना घर भई हाल नेपाली कांग्रेस अछाम काठमाण्डौँ सम्पर्क समितीका उपाध्यक्ष समाजसेवी नेता भक्त ठकुल्लाले सहयोग गरेका छन् ।

स्वारले नगद ५० हजार १ सय ५१ तथा ठकुल्लाले २५ हजार सहयोग गरेका हुन् । यसअघि कांग्रेसका ३ जना नेता तथा समाजसेवी बिनय रावल, बिष्णु बहादुर शाह र राजेन्द्र बहादुर शाहले करिब ढाई लाख बढी सहयोग गरेका थिए   ।

सहयोग आउनेक्रम जारी रहेको र सहयोग अभियानमा सबैले हातेमालो गर्न आग्रह गरिएको संयोजक बिष्टको भनाई छ । कैलाश खोलमा आएको बाढीले गर्दा त्यस क्षेत्रको सैनीबजार सहित २२ घर बगाएको थियो ।

१७ जना बाढी संगै बेपत्ता भएका थिए भने अझै १० जनाको शब फेला पर्न सकेको छैन । खोजी कार्य निरन्तर भईरहेको अछाम प्रहरीको भनाई छ ।

प्रतिक्रिया