ताजा अपडेट
मास्क लाउन आग्रह गर्दा प्रहरीमाथि हातपात
कपिलवस्तु जिल्लाको शुद्धोदन गाउँपालिकाको लवनीमा प्रहरीमाथि भएको हातपातको घटना सेलाउन नपाउँदै कपिलवस्तुको कृष्णगनरमा फेरि प्रहरीमाथि हातपात भएको छ । बिहीबार साँझ प्रहरीले कृष्णगनरको लक्ष्मीनगरमा लकडाउनको बेला युवालाई मास्क लगाउन आग्रह गर्दा दुई प्रहरीमाथि हातपात भएको हो । स्थानीय दुई दर्जन युवाले प्रहरीमाथि दुव्र्यवहार र हातपात गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए ।
घटनामा गाडीचालक प्रहरी हवल्दार दीपक श्रेष्ठ सामान्य घाइते भएका छन् । उनलाई बहादुरगंज अस्पतालमा उपचार गराई बिहीबार साँझ नै इलाका प्रहरी कार्यालय पठाइएको थियो । प्रहरी निरीक्षक पौडेलले मास्क नलाएका युवालाई आग्रह गर्दा उनीहरूले दुव्र्यवहार गरेको बताए । ‘घटना सामान्य हो तर यस्ता घटनाले प्रहरीको मनोबलमा असर पार्छ,’ उनले भने । घटनापछि दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया