Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

रामारोशनका बाढी पीडितलाई हेल्प अछामको आर्थिक सहयोग

रामारोशनका बाढी पीडितलाई हेल्प अछामको आर्थिक सहयोग

भदौ १९, अछाम

परोपकारी संस्था हेल्प अछामले रामारोशन गाउँपालिका -५ सैनीवजारस्थित कैलाश खोलामा आएको बाढीका कारण ज्यान गुमाएका परिवालाई शुक्रबार आर्थिक सहयोग गरेको छ । हेल्प अछामले बाढीका कारण ज्यान गुमाएका ८ परिवारलाई ५० हजार आर्थिक सहयोग गरेको हो ।

गाउँपालिकाकी उपाध्यक्ष सरस्वति रावलको उपस्थितिमा सैनीबजार पुगेर ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको संस्थाका अध्यक्ष हिमाल कुँवर उदासीले जानकारी दिनुभयो । घट्नाबाट पीडा भोगिरहेका पीडित परिवारलाई थोरै मात्रामा भएपनि राहत पुगोस भन्ने उद्देश्यले सहयोग गरेको अध्यक्ष कुँवरले बताउनुभयो । उहाँले विशुद्ध समाज सेवा गर्ने भावनाले स्थापित संस्थाले आगामी दिनमा पनि यस्तै रचनात्मक सहयोग गर्दै जाने बताउनुभयो। विपत्तिको समयमा घट्ना स्थलमा पुगेर नै सहयोग गरेकोमा गाउँपालिकाका उपाध्यक्ष सरस्वति रावलले हेल्प अछामलाई धन्यवाद व्यक्त गर्नुभयो । सहयोगी मनलाई क्षमता अनुसार सहयोग गर्न पनि आग्रह उहाँले गर्नुभयो ।

यस्तै पिडित परिवारले पनि हेल्प अछामलाई आर्थिक सहयोग गरेकोमा धन्यवाद दिएका थिए । यस अघि हेल्प अछामलले कोरोना भाईरसका कारण जिल्ला भित्रिने र बाहिरिने यात्रु र डिउटिमा खटिएका नेपाल प्रहरी तथा शसस्त्र प्रहरीलाई मास्क, फलफूल (प्याकिङ) र पानी वितरण गरेको थियो । आर्थिक सहयोग कार्यक्रममा रामारोशन गाउँपालिका -५ का अध्यक्ष लक्ष्मण परियार , संस्थाका सचिव भुपेन्द्र भण्डारीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया