Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

रामारोशनका बाढी पीडितलाई हेल्प अछामको आर्थिक सहयोग

रामारोशनका बाढी पीडितलाई हेल्प अछामको आर्थिक सहयोग

भदौ १९, अछाम

परोपकारी संस्था हेल्प अछामले रामारोशन गाउँपालिका -५ सैनीवजारस्थित कैलाश खोलामा आएको बाढीका कारण ज्यान गुमाएका परिवालाई शुक्रबार आर्थिक सहयोग गरेको छ । हेल्प अछामले बाढीका कारण ज्यान गुमाएका ८ परिवारलाई ५० हजार आर्थिक सहयोग गरेको हो ।

गाउँपालिकाकी उपाध्यक्ष सरस्वति रावलको उपस्थितिमा सैनीबजार पुगेर ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको संस्थाका अध्यक्ष हिमाल कुँवर उदासीले जानकारी दिनुभयो । घट्नाबाट पीडा भोगिरहेका पीडित परिवारलाई थोरै मात्रामा भएपनि राहत पुगोस भन्ने उद्देश्यले सहयोग गरेको अध्यक्ष कुँवरले बताउनुभयो । उहाँले विशुद्ध समाज सेवा गर्ने भावनाले स्थापित संस्थाले आगामी दिनमा पनि यस्तै रचनात्मक सहयोग गर्दै जाने बताउनुभयो। विपत्तिको समयमा घट्ना स्थलमा पुगेर नै सहयोग गरेकोमा गाउँपालिकाका उपाध्यक्ष सरस्वति रावलले हेल्प अछामलाई धन्यवाद व्यक्त गर्नुभयो । सहयोगी मनलाई क्षमता अनुसार सहयोग गर्न पनि आग्रह उहाँले गर्नुभयो ।

यस्तै पिडित परिवारले पनि हेल्प अछामलाई आर्थिक सहयोग गरेकोमा धन्यवाद दिएका थिए । यस अघि हेल्प अछामलले कोरोना भाईरसका कारण जिल्ला भित्रिने र बाहिरिने यात्रु र डिउटिमा खटिएका नेपाल प्रहरी तथा शसस्त्र प्रहरीलाई मास्क, फलफूल (प्याकिङ) र पानी वितरण गरेको थियो । आर्थिक सहयोग कार्यक्रममा रामारोशन गाउँपालिका -५ का अध्यक्ष लक्ष्मण परियार , संस्थाका सचिव भुपेन्द्र भण्डारीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया