Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

रोयल कोलाब्रेटिभ संस्थाले भोकालाई नि:शुल्क खाना खुवाउदै

रोयल कोलाब्रेटिभ संस्थाले भोकालाई नि:शुल्क खाना खुवाउदै

२१ भदौ, काठमाडौं ।

खुलामञ्चस्थित बसपार्कमा लगभग ४ सय जना मजदुर भेला हुन्छन्। कोही रिक्सा चालक, कोही भरिया र कोही निर्माण क्षेत्रमा काम गर्ने मजदुर आउँछन् । उनीहरु काम गर्नको लागि होइन एक छाक खान टाढा टाढादेखि हिड्दै आएका हुन्छन् ।

कोरोना भाइरसको महामारी र यसलाई नियन्त्रण र रोकथामका सरकारी निकायले गरेको निषेधाज्ञाजस्ता बन्देजका कारण कमाइ गर्न नपाउँदा उनीहरुको घरमा चुलो बल्न छाडेको लामो समय भइसकेको छ ।गत चैतमा सरकारले लकडाउन गर्दा कमाइ गर्न नसक्‍नेहरुलाई केही मात्रामा राहत वितरण गरिए पनि गत भदौ ४ गतेपछि फेरि अत्यावश्यक सेवाबाहेक सबै क्षेत्र बन्द हुने गरी निषेधाज्ञा जारी गरे पनि अहिले राहत बाँडिएको छैन ।

भोकले भौतारिदै हिँड्दा यहाँ आइपुगेको खानाको लाइनमा बसेका एक मजदुर सुनाउँछन् । घरमा खाना केही नभएपछि कतै केही पाइन्छ कि भनेर हिँड्दा हिँड्दै यहाँ आइपुगेको उनले सुनाए । भने, ‘कसैले बोलाएर आएको होइन, यहाँ खाना बाँडेको देखेपछि आएको हूँ।’‘हामी मजदुरसँग एक सुक्को बचत हुन्न, काम नभएपनि भोक त लाग्दो रहेछ, यहाँ खाना बाँडेको देखेपछि आएको हुँ, एक हप्तादेखि ढुक्क छ’ खानाको लाइनमा बसेका अर्का मजदुरले निराश हुदै सुनाए, ‘उहाँहरुले बाँडुञ्जेल त खाना पाइएला, त्यसपछि के खाएर बाँच्ने तनाव छ, कोठाको भाडा तिर्न नसकेर घरबेटीले ल्याङल्याङ गरिराछ ।’काठमडौंमा भोकभोकै पर्नेहरुका लागि केही स्वय‌ंसेवीहरुले निशुल्क खाना खुवाइरहेका छन् । खुलामञ्‍चमै विभिन्न समूहले निशुल्क खाना दिइरहेको छ ।

विगत ८ दिनदेखि रोयल कोलाब्रेटिभ संस्थाले पनि खुलामञ्चमा मजदुरका लागि खाना खुवाइरहेको छ । दाल भात तरकारी र अचार उनीहरुले हरेक दिन बाँड्छन् । संस्थाका अध्यक्ष गजेन्द्र शाहीका अनुसार उनीहरुले नेपाल भारत सीमामा अलपत्र मजदुरहरहरुलाई १ महिनासम्म खाना खुवाए । अहिले, त्रिवि शिक्षण अस्पताल, रत्नपार्क पशुपतिलगायतको ठाउँमा गरेर दैनिक १५ सय मजदुरहरुलाई खाना खुवाउँछन् ।‘हामीले आफै‌ं साथीहरुकोसँग सरसहयोग गरेर खाना खुवाइरहेका छौं, कसैले रासन सहयोग गर्नुहुन्छ, कसैले पैसा यसरी नै हामीले काम गरिरहेका छौ‌ं’ शाहीले भने, ‘धेरै जना मिलेर काम गर्दा सहयोग गर्न सकिने रहेछ।’

उनका अनुसार अरु कुनै ठाउँमा खाना चाहिएमा निशुल्क पठाउने व्यवस्था समेत छ । कान्ति अस्पताल एरियामा स्टल राखिएको भएकाले जो कोही भोका मानिसहरु गएर निशुल्क खान पाउँछन् ।

 

On the #Day29th Started from 2077-jestha-09 BS/ 2020-may-22 . Today on the 29th day of campaigning at Nepal-India...

Posted by Royal Collaborative on Friday, June 19, 2020

प्रतिक्रिया