ताजा अपडेट
परोपकारी काममा धनगढीका युवा, ‘हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउँ’
धनगढी ।
बिगत केही दिन बाट धनगढीका युवाले कोरोना भाइरस (कोभिड-१९) को प्रभावमा परेका पिडितलाई फुड बैंक धनगढी नामक अभियान संचालनगरी राहत बितरण गर्दै आएका छन् । उनिहरुको यो अभियान देशकै नमुना अभ्यास समेत रहेको बताएका छन् । हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउँ भन्ने नारा का साथ सन्चालन गरिएको फुड बैंकमा अधिकांसले चामल,दाल,नुन,तेल,चाउचाउ सहयोग गरेका छन् ।
यसैक्रममा फुड बैंक धनगढीले पहिलो दिन भानुचोक ७ धनगढीका ६० घर परीवारलाई १ के जि चामल , ५ सय ग्राम दाल, १ पाकेट तेल, १ पाकेट नुन राहत बितरण गरेको छ भने दोस्रो दिन धुर्जन्न्ना १७ धनगढीका ४५ घर परविारलाई २ केजि चामल, ५ सय ग्राम दाल, १ पाकेट तेल, १ पाकेट नुन, १ साबुन बितरण गरीएको फुड बैंक धनगढीकी अभियन्ता अञ्जली केसिले जानकारी दिनुभयो । धनगढी खबर
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया